नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रमा आतंक मच्चाउने नरभक्षी चितुवा मार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रमा आतंक मच्चाउने नरभक्षी चितुवा मार्"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

चितुवा मार्न हतियार सहित प्रहरी परिचालन

२० भाद्र २०७३, सोमबार ०९:४३

नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रमा आतंक मच्चाउने नरभक्षी चितुवा मार्न स्थानीय प्रशासनले हतियार सहित १५ जनाको प्रहरी टोली परिचालन गरेको छ ।

नरभक्षि चितुवाले दिनानुदिन मानिसको ज्याल लिन थालेपछि प्रशासले टोली परिचालन गरेको हो । टोलीले सोमबार बिहानै देखि आफ्नो कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए ।

तल्लासोराडको उदयदेव गाविसमा यसै महिना चितुवाको आक्रमणबाट दुई जना बालिकाको ज्यान गएको छ । शनिबार राती उदयदेव ९ कफाडीका हिरा चन्दकी ४ बर्षीया छोरी अञ्जली चन्दको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो ।

आईतबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियार सहित १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए । सोही निर्णय अनुसार हतियार सहितको प्रहरी टोली तल्लोस्वराडको उदयदेवमा पुगेको प्रहरी नायव उपरीक्षक राणाले जानकारी दिए । 

चितुवालाई मार्नका लागि थप सुरक्षाकर्मी परिचालन गर्न सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलसंग पनि कुराकानी भइरहेको उहाँले बताए । प्रहरीले स्थानीयहरुलाई चितुवाको आक्रमणबाट बच्नका लागि स्थानीयहरुसंग सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने जनाइएको छ । 

तल्लोस्वराडको कुलाउ, बिशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

वि सं २०६८ देखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्याङ्क छ । 

चितुवालाई मार्नका लागि २०६९ सालमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकहरु टोली खटिएको थियो । उतिबेला चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने