2026-09-08 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोवामा श्रीमानकै अगाडि बेलायती महिलाको बलात्कार

जेठ २५, तेहरान | भारतमा एक बेलायती महिला श्रीमानकै अगाडि बलात्कृत भएकी छन् । मसाज गराउने बहानामा एक स्थानीय पुरुषले गोवाको अरामबोल समुद्र तटनजिकै उनलाई बलात्कार गरेका हुन् । बलात्कार आरोपित स्थानीय भिन्सेन्ट डिसोउजा अरामबोल तटनजिक मसाज सेवा दिने एउटा अबैध समूहका सदस्य रहेको बुझिएको छ ।

प्रहरीका अनुसार उनले यसअघि एउटा विद्यालयको पुस्तकालयमा काम गर्थे । प्रहरीले उनलाई सोमबार नै पक्राउ गरेको छ । 

गोवा घुम्न आएकी पीडित महिलाले प्रहरीलाई दिएको उजुरीअनुसार समुद्र तटनजिकै रहेकोे पानी तालको छेउमा पुरुष साथीसँग सुतिरहेको बेला मसाज गराउने बहानामा आरोपीले बलात्कार गरेका थिए । 

सो घटना २ जुनमा भएको थियो । तर, महिलाले बेलायतमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सल्लाह गरेर सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् । उनलाई भारतस्थित बेलायती दूतावासले पनि सहयोग गरेको थियो । 

उजुरी पाएको एक घण्टाभित्र इन्स्पेक्टर विक्रम नाइकको नेतृत्वको प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । प्रहरीले आरोपितबारे थप अनुसन्धान गरिरहेको छ । प्रहरीले सोमबार राति नै आरोपित र पीडित दुबैको मापुसा सहरको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ