2026-10-25 06:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा पोलियो नियन्त्रणमा चुनौतीः आठौँ बालकलाई पक्षघात

जेठ २५, इस्लामाबाद | एजेन्सी | पाकिस्तान र अफगानिस्तान विश्वका दुई बाँकी देशहरू हुन् जहाँ पोलियोलाई अझै पनि स्थानीय भाइरल संक्रमणको रूपमा वर्गीकृत गरिएको छ । पछिल्लो समय पाकिस्तानको अवस्था बिग्रिएको छ ।

बेलायती समाचार संस्था दि गार्जियनका अनुसार अफगानिस्तानको सिमानानजिक उत्तरी वजिरिस्तान जिल्लामा गत महिना आठ पोलियोका केस रिपोर्ट गरिएका छन् । 

केसमा भएका बृद्धिप्रति अधिकारीहरू चिन्तित छन् । किनभने रिपोर्ट गरिएका केसहरू एक वर्ष भन्दा बढीको अवधिमा पहिलो पटक देखिएका हुन् । पोलियोका कारण गत वर्षको जनवरीमा एक बच्चामा पक्षाघात भएको थियो ।

‘भाइरस नियन्त्रण गर्न हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौँ र अन्त्यसम्म हामी लडिरहेनेछौँ’ पोलियो उन्मुलसम्बन्धी राष्ट्रिय कार्यक्रम संयोजक शहजाद बेगले भने । 

अधिकारीहरूका अनुसार पछिल्लो प्रकोप सम्भवतः आमाबाबुले आफैं र आफ्ना बच्चाहरूलाई खोप लगाएको गलत रूपमा चिन्ह लगाउदा भएको हो ।

सो भूभाग तालिबानको कडा पकड रहेको क्षेत्र पनि हो । पाकिस्तानका निश्चित क्षेत्रमा अझै पनि खोप अस्वीकार दर उच्च छ, जसका कारण भाइरस नियन्त्रणमा चुनौती थपिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने