2026-06-29 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पब्जी खेल्न नदिएको झोंकमा भारतमा एक किशोरले गरे आमाको हत्या, तीन दिनपछि बुवालाई जानकारी!

जेठ २५, काठमाडौं | एजेन्सी | मोबाइलमा खेलिने चर्चित खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक १६ वर्षे किशोरले आफ्नै आमाको हत्या गरेका छन्। ती किशोरले आमालाई गोली प्रहार गरी हत्या गरेको बताइएको छ।

आमाको हत्यापछि तीन दिनसम्म घरमै बसेको र उनले बुवालाई फोनमार्फत जानकारी दिएको भास्कर अनलाइनले जनायो। उनका बुवा बाराणसीका नवीनकुमार सिंह सेनाका जुनियर कमिसन्ड अफिसर हुन्। नवीन पश्चिम बंगालमा कार्यरत थिए।


घरमा १० वर्षीया बहिनी रहेको र उनलाई पनि धम्की दिएर राखेको पाइएको प्रहरीले जनायो। बुवालाई जानकारी दिएपछि उनको घरमा प्रहरी पुगेका थिए। उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा यो परिवारको बसाइ थियो। नवीनकुमारकी श्रीमती ४० वर्षीया साधाना हुन्।

शनिवार घटना भएको र मंगलवार रातिमात्र ती किशोरले भिडियो कल गरी बुवालाई हत्याबारे जानकारी दिएका हुन्। उनले भिडियोबाटै आमाको शवसमेत देखाएका थिए। तुरुन्तै नवीनले एक नातेदारलाई फोन गरेपछि त्यहाँ प्रहरी पुगेका थिए। त्यहाँको हालत देखेर प्रहरी र नवीनका नातेदार चकित परेका थिए।

प्रहरीका अनुसार नवीनका छोरालाई पब्जी खेल्ने लत लागेको थियो। साधनाले मोबाइलमा नखेल्न रोक्थिन्। शनिवार राति पनि साधनाले आफ्नो छोरालाई नखेल्न भनेकी थिइन्। त्यसपछि उनी रिसाए। रातको २ बजे जब साधना निद्रामा थिइन् उनले बुवाको पेस्तोल निकालेर आमालाई प्रहार गरिन्। त्यसपछि उनले आफ्नी १० वर्षीया बहिनीलाई पनि धम्क्याएर एउटा कोठामा बन्द गरिदिइन्। प्रहरी बन्द कोठामा पस्दा छोरी साधनाको शवसँगै डराउँदै सुतिरहेकी थिइन्। शव नजिकै पेस्तोल भेटिएको प्रहरीले जनाएको छ। पेस्तोलमा कुनै गोली बाँकी नरहेकोले कति गोली प्रहार गरेको हो भन्ने बारे अनुसन्धान जारी रहेको बताइएको छ।

गत अक्टोबरबाटै आमाछोराको ठाकठुक परेको नवीन कुमारले बताएका छन्। अक्टोबरमा छोराको जन्मदिन थियो। जन्मदिन मनाएपछि साँझ आमाको बारेमा छोराले बुवालाई गुनासो गरेका थिए। त्यसै विषयमा दुई जनाको विवाद चर्किएको थियो। त्यस दिनदेखि साधनाले आफ्नो छोरालाई पिट्ने कुट्ने गरेको खुलेको छ। त्यसो त घटनाको दुई दिन पहिले १० हजार रुपैयाँ चोरेको आरोपमा साधनाले छोरालाई पिटेको बताइएको छ।

भारत सरकाले २०२० को सेप्टेम्बर ३ बाट पब्जी खेल प्रतिबन्ध लगाएको थियो। तर भारतमा पब्जी खेल्न रोकिएको छैन भन्ने यही घटनाबाट प्रमाणित भएको छ। अरु नै ब्राउजर प्रयोग गरेर धेरैले पब्जी खेल्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। एपिके फाइललाई फोनमा डाउनलोड गरेपछि सजिलैसँग पब्जी खेल्न सकिन्छ। हालै यही प्रविधि प्रयोग गरी मध्यप्रदेशमा पब्जी खेल खेलेको खुलासा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी