2026-10-25 04:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्वीटर किन्ने सम्झौताबाट पछि हट्ने एलन मस्कको संकेत, तिर्नुपर्नेछ सवा खर्ब जरिवाना

जेठ २५, काठमाडौँ । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्क र सोसल मिडिया प्लाटफर्म ट्वीटर यो वर्षको सुरुवातदेखि नै चर्चामा रहँदै आएका छन् ।

सुरुमा ट्वीटर कम्पनीको १० प्रतिशत शेयर किनेर तहल्का मच्चाएका एलन मस्कले पछि ट्वीटर कम्पनी नै  खरीद गर्ने प्रस्ताव गरेपछि धेरैले यसलाई पत्याएनन् । तर ट्वीटरको बोर्डले नै मस्कको प्रस्ताव बमोजिम कम्पनी बिक्री गर्ने निर्णय गरेपछि मस्क र ट्वीटरबीच कम्पनी खरीदको समझदारी भयो ।

तर पछिल्लो समय मस्कले ट्वीटर खरीदको समझदारीबाट पछि हट्ने संकेत गरिरहेका छन् । उनले ट्वीटरसँग भएको सम्झौता भंग गर्ने चेतावनी नै दिएका छन् ।

ट्वीटरमा रहेका फेक अकाउन्टहरुको तथ्यांक प्रष्ट रुपमा उपलब्ध गराउन माग गर्दै उनले यदि कम्पनीले त्यस्तो डाटा उपलब्ध नगराएमा आफूले ट्वीटर खरीद नगर्ने बताएका हुन् ।

यही कारण देखाउँदै उनले अघिल्लो महिना नै ट्वीटर खरीद सम्झौतालाई यथास्थितिमा राखेको घोषणा गरेका थिए । ट्वीटरमा रहेका फेक वा स्पाम अकाउन्टको संख्या कूल अकाउन्टको कति प्रतिशत हो भन्ने आफूले जान्न चाहेको र ट्वीटर कम्पनीबाट यसको एकीन र प्रमाणित जवाफ नआएसम्म खरीद सम्झौता यथास्थितिमा रहने उनले बताएका थिए । ट्वीटरले आफ्नो प्लाटफर्ममा फेक अकाउन्टको संख्या ५ प्रतिशत भन्दा पनि कम रहेको दाबी गर्दै आएको छ, तर एलन मस्क त्यसलाई मान्न तयार छैनन् । फेक अकाउन्टको संख्या त्यो भन्दा निकै बढी रहेको उनको दाबी छ ।

फेक तथा स्पाम अकाउन्टको एकिन संख्या नदिइएको निहुँमा ट्वीटर खरीदको सम्झौता नै भंग गर्ने एलन मस्कले चेतावनी दिएपनि त्यो त्यति सजिलो भने छैन । सेक्योरिटी एक्सचेन्ज फाइलिङका अनुसार ट्वीटर तथा एलन मस्कमध्ये कोही पनि उक्त सम्झौताबाट पछि हट्नु निकै महंगो सावित हुनेछ । किनकी सम्झौताबाट पछि हट्ने पक्षले १ अर्ब डलर अर्थात् झण्डै सबा खर्ब रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

ट्वीटर कम्पनी त मस्कसँगको खरीद बिक्री सम्झौताबाट टसमस भएको छैन । तर यदि मस्क सम्झौताबाट पछि हटेमा उनले १ अर्ब डलर जरिवाना तिर्नुपर्ने हुन्छ ।

यो विषयलाई लिएर ट्वीटर कम्पनी अदालतमा पनि जान सक्दछ । त्यसैले त्यही जरिवानाबाट बच्नका लागि मस्कले फेक अकाउन्टको विषयलाई लगातार उठाइरहेका छन् । सम्झौताका क्रममा धोकाधडी भएको, ट्वीटर पक्षले गलत जानकारी दिएको हुनाले वस्तुगत रुपमा खराब असर पर्ने अवस्था रहेको कुरा स्थापित गर्दै एलन मस्क जरिवानाबाट बच्न चाहेको अड्कलबाजी गरिएको  छ ।

उसो त एलन मस्क र ट्वीटरका सीईओ पराग अग्रवालबीच पनि मतभेद रहेको छ । मस्कले ट्वीटरमा फेक अकाउन्टको वास्तविक संख्या कम्पनीले बताएको भन्दै निकै धेरै रहेको दाबी गरेको विषयमा अग्रवालले ट्वीट गर्दै खण्डन गरेका थिए । उनले पछिल्लो चार त्रैमासिक यता ट्वीटरमा फेक अर्थात् बोट अकाउन्टको संख्या ५ प्रतिशत पनि कम रहेको प्रष्ट पारेका छन् । यद्यपि अग्रवालको उक्त ट्वीटपछि एक पत्रकार सम्मेलन गरी मस्कले फेक, बोट वा अटोमेटेड अकाउन्टको संख्या ट्वीटरका कूल अकाउन्टमध्ये करीब २० देखि २५ प्रतिशत रहेको दाबी गरे ।

कतिपय विश्लेषकहरु चाहिँ मस्कले ट्वीटरको मूल्य घटाएर कम रकममा खरीद गर्नका लागि फेक अकाउन्टको बखेडा झिकेर कम्पनीमाथि लगातार दबाब दिइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने