2026-09-08 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पब्जी हत्याकाण्ड: आमा १० घण्टासम्म जिउँदो, हरेक घण्टामा औँलाले सास चलिरहेको छ कि छैन हेर्थे

जेठ २७, काठमाडौँ | भारतमा पब्जीका लागि आमाको हत्या गर्ने नाबालिग छोराले राती २ बजे आमालाई गोली हानेको स्वीकार गरे, तर उनकाे दिउँसो १२ बजेसम्म जिउँदै रहेको जानकारी दिएको छ । भारतीय मिडिया दैनिक भास्करका अनुसार आमाको मृत्युको पर्खाइमा उनी बारम्बार ढोका खोलेर हेर्दा आमालाई तड्पिरहेको देख्थे त्यसपछि कोठामा ताला लगाउँथे ।

साधना सिंहको हत्या गर्ने आफ्नो १६ वर्षीय छोरालाई फेरि सोधपुछ गरिएको अतिरिक्त प्रहरी उपायुक्त (एडीसीपी) काशिम आब्दीले बताए । सोधपुछमा उनले प्रहरीलाई बताए अनुसार ४ जुन शनिबार राती उनी आमासँग नै सुतेका थिए । बन्दुक त्यहि कोठामा राखिएको थियो । आमाको सिरानीबाट चाबी निकालेर करिब २ बजे दराजबाट बन्दुक निकाले । बन्दुकसँगै म्यागजिन र बुलेट राखिएको थियो । म्यागजिन लोड गर्नेबेला हात काहिरहेको थियो किनभने यसअघि पहिले उनले कहिल्यै वास्तविक बन्दुक चलाएका थिएनन् ।  

बहिनी सुतिरहेको ठाउँबाट गोली प्रहार

हात काँपेका कारण तीनवटा गोली भुइँमा खसेका थिए । त्यसपछि उनी पेस्तोल लिएर आमा भएठाउँ गए । १० वर्षीया बहिनी पनि आमासँगै ओछ्यानको दाहिने छेउमा सुतिरहेकी थिइन् । हत्यारा छोरालाई गोली हानेपछि यसले शरीर छेडेर बाहिर निस्कने हो कि भन्ने अनुमान थियो त्यसैले उनले बहिनी जता सुतिरहेकी थिइन्, त्यहाँ बाटै आमामाथि गोली हाने ।

बहिनी उठेपछि मुख समातेर आफूतर्फ घुमाए

बन्दुकलाई आमाको कञ्चटको दायाँ तर्फ राखे र आँखा बन्द गरेर ट्रिगर दबाए । गोलीको आवाज सुन्नेबित्तिकै बहिनी हड्बडाएर उठिन् तर उनले बहिनीको मुख समातेर आफूतर्फ घुमाए । गोली लाग्ने बित्तिकै आमाको टाउकोबाट रगतको धारा बग्न थाल्यो । त्यसपछि बहिनीलाई लिएर अर्को कोठामा गए र त्यहाँको ढोका लक गरिदिए ।

१० घण्टामा ८ पटक आमालाई छट्पटिरहेको देखे, दिउँसो १२ बजे सास रोकियो

हत्यारा छोराले प्रहरीलाई दिएको जानकारी अनुसार गोली लागेपछि आमा बेडमा छट्पटिन थालिन् । उनले आमालाई त्यहि हालतमा छोडेर बहिनीलाई लिएर अर्को कोठामा गए । अर्को गोली हान्ने इच्छा भएन । त्यसैले आमा कहिले मर्छिन् भनेर प्रतीक्षा गर्न थाले । हरेक घण्टा कोठामा जान्थे र आमालाई तड्पिरहेको देख्थे तर एकपटक पनि उनलाई बचाउने हो कि भन्ने सोच आएन ।

हरेक पल्ट आमालाई हेर्न जाँदा नाक नजिकै औँला राखेर सास चलिरहेको छ कि छैन भनेर हेर्थे । १० घण्टामा ८ पटक सास चले नचलेको हेरे । दिउँसो १२ बजे अन्तिम पटक जाँदा आमाको शरीरमा कुनै हलचल थिएन । सास रोकिइसकेको थियो । त्यसपछि मात्रै अब आमाको मृत्यु भइसकेको छ भनेर उनलाई विश्वास भयो ।

नजिकै थियो सबैभन्दा ठूलो अस्पताल थियो, ज्यान बचाउन सकिन्थ्यो

एडीसीपीका अनुसार साधनाको घरबाट पीजीआई अस्पतालको दुरी २ किलोमिटर टाढा थियो  । गोली टाउकोबाट निस्केको थियो । समयमै उपचार पाएको भए उनको ज्यान बच्ने सम्भावना थियो । आरोपित छोराले प्रहरीलाई यसबारे जानकारी दिँदा एडीसीपीले रोष व्यक्त गर्दै र अफसोस जताउँदै भने, ‘काश कसैले घटनाबारे प्रहरीलाई जानकारी दिएको भए ।’

शव ३ दिनसम्म घरमा लुकाएर राखे

आमाको हत्यापछि हत्याराका छोराले शव ३ दिनसम्म घरमै राखे । प्रहरीले दिएको जानकारी अनुसार ५ जूनको बिहान बहिनीलाई कोठामा थुनेर आमाको स्कुटी लिएर बाहिर थिए । बेलुका एक साथीलाई फोन गरेर बोलाए । बहिनीलाई अर्को कोठामा बन्द गरेर साथीसँग पार्टी गरे । साथीहरुले आमाबारे सोध्दा हजुरआमालाई भेट्न गएको भने ।

६ जुन दिउँसो करिब १२ बजे बहिनीले भोक लागेको बताइन् । त्यसैले छिमेकीको घरमा गएर आमा हजुरआमालाई भेट्न गएको र आफूलाई खाना बनाउन नआएको र बहिनीलाई भोक लागेको बताउँदै खानेकुरा ल्याए । बेलुका ५ बजे अर्का साथीलाई बोलाए ।

त्यसपछि ७ जून मंगलबार बेलुकासम्म घरमा असाध्यै धेरै दुर्गन्ध फैलियो । त्यसपछि उनलाई घटना लुकाउन अब मुश्किल भएको जस्तो लाग्यो । त्यसैले ७ बजेतिर पिता नविनलाई फोन गरेर हत्याबारे जानकारी दिए ।

पिताले भने– म चाहन्छु कि मेरो छोरा जीवनभर जेलमा रहोस्

यस मामिलामा नवीनकी आमा नीरजा देवीले नातिनी विरुद्ध बुहारीको हत्याको उजुरी दिएकी छन् । आरोपित छोरालाई बाल सुधार गृहमा पठाइएको छ । हत्यारा छोराका सैनिक बाबु नविनले रुँदै भने, ‘हरेक मानिसले आफ्नो छोरा–छोरीले हाँसीखुसी जीवन बिताओस् भन्ने चाहना राख्छन्, तर म मेरो छोरो जीवनभर जेलमा रहोस् भन्ने चाहन्छु, छोराले आफ्नो अपराधको पूरा सजाय पाओस् । यसका लागि हरसम्भव प्रयास गर्नेछु ।’

बहिनी हत्याकाे प्रत्यक्षदर्शी

१० वर्षीया छोरीले सबै कुरा आफ्नै आँखाले देखेको बुवा नवीनले बताए । उनी प्रत्यक्षदर्शीको रुपमा अदालतमा हाजिर हुनेछिन् । छोरीलाई कसैले नभड्काओस् र यो मेन्टल ट्रमाबाट बाहिर निकाल्नका लागि उनले आफैँसँग राखेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ