५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायाे: चीन

२९ जेष्ठ २०७९, आईतवार ०६:१३

जेठ २९, बेइजिङ | एजेन्सी | इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले  बताएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला संवादलाई सम्बोधन गर्दै फेङ्गेले अमेरिकालाई ‘चीनलाई गाली गर्ने’ बन्द गर्न आग्रह गरे । 


बैठकमा अमेरिकाले ताइवानमा चिनियाँ सैन्य गतिविधिको विरोध गरेको थियो । ताइवान स्वशासित टापु वरपर हालैको चिनियाँ सैन्य गतिविधिले यथास्थिति परिवर्तन गर्ने खतरा रहेको बताउँदै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ताइवानलाई अमेरिकी समर्थन रहेको बताए । उनले ताइवाननजिकै चीनको उत्तेजक र अस्थिर सैन्य गतिविधिमा निरन्तर वृद्धि भएको बताउँदै त्यसको  आलोचना गरेका थिए ।

बेइजिङको कम्युनिष्ट मूलभूमिसँग एकताको मागलाई स्वीकार गर्न धम्की दिने उद्देश्यले चीनले हालैका वर्षहरूमा ताइवानविरुद्ध आफ्नो सैन्य उत्तेजकता बढाएको बेइजिङमाथि आरोप लाग्दै आएको छ ।

चीनले ताइवानलाई आफ्नो महत्वपूर्ण हिस्सा भएको दाबी गरेको छ । सन् १९४९ मा गृहयुद्धका क्रममा ताइवान विभाजन भएको थियो । बेइजिङले आफ्नो राष्ट्रिय हितको रक्षा गर्ने आफ्नो संकल्पलाई कम नठान्ने चेतावनी दिँदै ताइवानको स्वतन्त्रतालाई समर्थन गर्नेहरूले प्रतिकूल परिणाम भोग्नुपर्ने बताउँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता