२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायाे: चीन

२०७९, २९ जेष्ठ आईतवार ०६:१३

जेठ २९, बेइजिङ | एजेन्सी | इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले  बताएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला संवादलाई सम्बोधन गर्दै फेङ्गेले अमेरिकालाई ‘चीनलाई गाली गर्ने’ बन्द गर्न आग्रह गरे । 


बैठकमा अमेरिकाले ताइवानमा चिनियाँ सैन्य गतिविधिको विरोध गरेको थियो । ताइवान स्वशासित टापु वरपर हालैको चिनियाँ सैन्य गतिविधिले यथास्थिति परिवर्तन गर्ने खतरा रहेको बताउँदै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ताइवानलाई अमेरिकी समर्थन रहेको बताए । उनले ताइवाननजिकै चीनको उत्तेजक र अस्थिर सैन्य गतिविधिमा निरन्तर वृद्धि भएको बताउँदै त्यसको  आलोचना गरेका थिए ।

बेइजिङको कम्युनिष्ट मूलभूमिसँग एकताको मागलाई स्वीकार गर्न धम्की दिने उद्देश्यले चीनले हालैका वर्षहरूमा ताइवानविरुद्ध आफ्नो सैन्य उत्तेजकता बढाएको बेइजिङमाथि आरोप लाग्दै आएको छ ।

चीनले ताइवानलाई आफ्नो महत्वपूर्ण हिस्सा भएको दाबी गरेको छ । सन् १९४९ मा गृहयुद्धका क्रममा ताइवान विभाजन भएको थियो । बेइजिङले आफ्नो राष्ट्रिय हितको रक्षा गर्ने आफ्नो संकल्पलाई कम नठान्ने चेतावनी दिँदै ताइवानको स्वतन्त्रतालाई समर्थन गर्नेहरूले प्रतिकूल परिणाम भोग्नुपर्ने बताउँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने