2026-09-08 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५०० मध्ये एक जनामा अतिरिक्त सेक्स क्रोमोजोम, ठूलो जोखिम हुन सक्ने

जेठ २९, लन्डन | एजेन्सी | ५०० मध्ये एक जना पुरुषमा पहिला अनुमान गरेजस्तै एउटा अतिरिक्त सेक्स क्रोमोजोम हुन सक्ने र उनीहरूलाई टाइप २ मधुमेह, एथेरोस्क्लेरोसिस र थ्रोम्बोसिस जस्ता रोगहरूको ठूलो जोखिम हुने एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययनले थप एक्स वा वाई क्रोमोजोम भएका पुरुषहरूलाई आफूलाई हुने पीडाको बारेमा कम सचेत हुने सम्भावना रहेको देखाएको छ । 

जेनेटिक्स इन मेडिसिनमा प्रकाशित अध्ययनमा अन्वेषकहरूले युके बायोबैंकबाट ४० देखि ७०  वर्ष उमेर समूहका २ लाखभन्दा बढी बेलायती पुरुषहरूको आनुवंशिक तथ्यांकको विश्लेषण गरेका थिए ।  

उक्त बायोमेडिकल डाटाबेसमा ५ लाख सहभागीको अज्ञात आनुवंशिक, जीवनशैली र स्वास्थ्य जानकारी समावेश थियो । एक्सेटर विश्वविद्यालयका अन्वेषकहरूले ४० देखि ७० वर्षसम्मका युरोपेली वंशका २ लाख ७ हजार ६७ पुरुषहरूको डीएनए परीक्षण गरेका थिए ।  तिनीहरूले अतिरिक्त एक्स क्रोमोजोम भएका २३१ पुरुष र थप वाई क्रोमोजोम भएका १४३ पुरुषहरू पहिचान गरेका थिए ।

सेक्स क्रोमोजोमले हाम्रो जैविक लिंग निर्धारण गर्दछ । पुरुषहरूमा सामान्यतया एउटा एक्स र एउटा वाई क्रोमोजोम हुन्छ । जबकि महिलामा दुई एक्स क्रोमोजम हुन्छन् ।

केही मानिसमा थप एक्स वा वाई क्रोमोजम (एक्स, एक्स वाई वा एक्सवाईवाई) क्रोमोजोम हुने र त्यसका कारण उनीहरूलाई टाइप २ डायबिटिजि, रक्त नली थुनिने र क्रोनिक अब्स्ट्रक्टिभ पलमुनरी डिजिज (सीओपीडी) हुने अध्ययनमा जनाइएको छ । 

अध्ययनका  लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिल (एमआरसी) एपिडेमियोलोजी युनिटका पीएचडी विद्यार्थी याजी झाओले एक विज्ञप्तिमा भनेका छन्, ‘उल्लेखनीय संख्यामा पुरुषहरूले अतिरिक्त सेक्स क्रोमोजोम बोकेका भए पनि तिनीहरूमध्ये थोरै यस बारे सचेत हुन सम्भव छ । यो अतिरिक्त क्रोमोजोमको अर्थ उनीहरू सामान्य मेटाबोलिक, भास्कुलर, र श्वासप्रश्वाससम्बन्धी रोगहरूको धेरै उच्च जोखिममा छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ