२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूलाई पछाडिबाट छोएको भन्दै चिनियाँ महिलाले पुरुषलाई धकेलिदिएपछि…

२०७९, २९ जेष्ठ आईतवार ०६:५५

जेठ २९, बेइजिङ | एजेन्सी | चीनको ताङ्सान सहरमा पुरुषहरूको एउटा समूहले महिलामाथि गरेको क्रुर आक्रमणको भिडियो भाइरल भएपछि नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसले सामाजिक सञ्जालमा आक्रोश निम्त्याएको छ र चीनमा लैंगिक हिंसाको बारेमा पुनः बहस सुरु भएको छ ।


एउटा रेस्टुरेन्टमा एक जना पुरुषले आफ्नो हात महिलाको पछाडि राख्दा महिलाले घचेटेपछि विवाद निम्तिएको थियो । ती व्यक्तिले महिलालाई निरन्तर हानेको र महिला भुइँमा ढलेको देखिन्छिन् । मानिसहरूको समूहले रेस्टुरेन्टमा सँगै खानेकुरा खान आएका ती महिलाका साथीहरूलाई पनि कुटेको भिडियोमा देख्न सकिन्छ । 

आक्रमणका कारण गम्भीर घाइते दुई महिलालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था स्थिर रहेको प्राप्त विवरणमा जनाइएको छ । अन्य दुई महिलालाई भने सामान्य चोट लागेको छ । 

आक्रमणमा संलग्न नौ जनालाई पक्राउ गरेको ताङ्सान प्रहरीले जनाएको छ । हमलाले शनिबार चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्चा भएको थियो । सरकारी टेलिभिनले दोषीलाई कडा सजायको माग गरेको छ । ‘यस्तो घटना ममाथि पनि हुन सक्छ । हामीमध्ये कसैलाई पनि हुन सक्छ’,  एक टिप्पणीकर्ताले पोस्ट गरेका छन् । उनको पोस्टमा १ लाखले लाइक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने