2026-09-08 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल

जेठ २९, लन्डन | एजेन्सी | कुनै पनि भारोत्तोलकले १२९.५ किलोग्राम उचाल्दा गर्व नगर्ने कुरै भएन । तर, एउटा औंलाले उक्त तौल उठाउने कल्पना गर्न सक्नुहुन्छ ? यो बिल्कुल असम्भव लाग्न सक्छ ।  तर,  बेलायतका स्टिभ किलरले यस्तै अपत्यारिलो कार्य गरेका छन् ।

पेसेवर मार्शल कलाकारले एउटा औँलाले सबैभन्दा भारी सामान उठाउने यसअघिको विश्व कीर्तिमान तोडेका छन् । १० वर्ष पुरानो रेकर्डलाई उनले तोडेका हुन् ।

उनले सन् २०२२ को फेब्रुअरीमा केन्टमा रेकर्डका लागि प्रयास गरे र आफ्नो दाहिने हातको बीचको औंलाले १२९.५ केजी उचाल्न सफल भए ।

रेकर्डलाई आधिकारिक रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डले स्वीकार गरेको छ । गिनिजले यसबारेमा आफ्नो आधिकारिक वेबसाइटमा पोस्ट गर्‍याे ।  

किलरको प्रयासमा ६ वटा फलामका डिस्कहरू समावेश थिए – एउटा १० केजी तौलको, अर्को २० केजी तौलको, तीन वटा प्रत्येक २५ किलोग्राम तौलको र एउटा २६ केजीभन्दा अलि बढी तौलको ।

एउटा हुकलाई बीचमा पारेर डिस्कहरूलाई एउटा माथि अर्को गरेर राखिएको थियो । त्यसपछि उनले माँझी औँलाले हुकलाई उचालेका थिए । 

‘यो अविश्वसनीय रूपमा पीडादायी छ, तर मेरा औंलाहरू बलिया छन् र मलाई मेरो लिफ्टमा गर्व छ’, किलरले गिनिज बुक अफ वर्ल्ड रेकर्ड वेबसाइटलाई भने । वेबसाइटका अनुसार ४८ वर्षीय किलर विगत चार वर्षदेखि शक्ति प्रशिक्षणको अभ्यास गरिरहेका छन् ।

१८ वर्षको उमेरदेखि नै किलरले  जुडो र कराँतेको अभ्यास गर्दै आएका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा यस अभ्यासले पनि उनलाई ठूलो सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ