2026-09-08 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्पाइडरम्यान’लाई लिएर चीन र हलिउडबीच तनाव, बेइजिङले रोक्यो प्रदर्शन

जेठ ३०, काठमाडौँ | एजेन्सी | गत वर्ष डिसेम्बरमा रिलिज भएको हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले विश्व बक्स अफिसमा कीर्तिमान राख्यो । नेपालमा समेत यसले ७ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो ।

कोरोना महामारीले प्रभावित विश्व फिल्मलाई लयमा ल्याउन यो फिल्मले ठूलो भूमिका खेल्यो । फिल्म हेर्न दर्शकको घुइँचो मात्र लागेन, यसले विश्व फिल्मलाई नयाँ आशा पनि देखायो ।

तर हलिउडको दोस्रो ठूलो फिल्म बजार चीनका दर्शक चाहिं ‘स्पाइडरम्यान’को क्रेजलाई लिएर उत्साहित देखिएनन् । चीनमा ‘स्पाइडरम्यान’को पछिल्लो सिक्वेललाई कडाइ गरियो । किनभने, आफ्नो प्रभुत्वलाई चुनौती दिने कुनै पनि हलिउड फिल्मलाई चीन या त रोक लगाउँछ या त्यसलाई सीमित बनाउँछ ।

चीनको प्रभुत्वमा ठेस पुर्‍याउने कुनै पनि चीज ‘स्पाइडरम्यान’मा नभए पनि फिल्मलाई त्यहाँ प्रदर्शन गरिएन । आखिर चीन र हलिउडबीच यस्तो द्वन्द्व किन चल्दैछ ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पाइडरम्यान : नो वे होमको क्लाइमेक्समा रहेको अमेरिकी राष्ट्रवादका केही दृश्यलाई लिएर चीनमा रोकिएको हो ।

उक्त दृश्यलाई हटाउन चिनियाँ सेन्सर बोर्डले गरेको आग्रहलाई सोनी स्टुडियोले अस्वीकार गरेपछि प्रदर्शन रोकिएको जनाइएको छ ।

सन् १९४९ अघि चीनमा सबै कुरा ठिकठाक चलिरहे पनि माओत्से तुङको उदय र पिपुल्स रिपब्लिक अफ चाइनाको गठनपछि हलिउडलाई हेर्ने दृष्टिकोणमा बदलाव आएको बीबीसीको विश्लेषण छ ।

‘स्पाइडरम्यान’ मात्र होइन, केही वर्षअघि चिनियाँ सेन्सर बोर्डले हलिउड फिल्म पाइरेट्स अफ दी क्यारेबियन, डेड म्यान्स चेस्ट, द डार्क नाइट, जोकर, कल मी बाइ योर नेम लगायतका फिल्म समेत प्रदर्शनमा रोक लगाइसकेको छ ।

गत महिना मार्भल सिनेम्याटिक युनिभर्सको फिल्म डक्टर स्ट्रेन्ज २ को प्रिमियर पनि चीनमा रोक लगाइएको थियो । बेनेडिक्ट कम्बरब्याच स्टारर उक्त फिल्ममा चीनविरोधी दृश्य देखाइएको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ