भदौ २१, चितवन । मुग्लिन बजारमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ । 

मध्यक्षेत्र अनुसन्धान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, चितवन । मुग्लिन बजारमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ । 

मध्यक्षेत्र अनुसन्धान "/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालबाहक ट्रकमा भेटियो २ सय ८२ केजी चरेस

२०७३, २१ भाद्र मंगलवार ०७:०५

भदौ २१, चितवन । मुग्लिन बजारमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ । 

मध्यक्षेत्र अनुसन्धान ब्युरो र जिप्रका चितवनले सुराकका आधारमा २८२ किलो चरेस नियन्त्रणमा लिएको हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ६२५२ नंको ट्रकमा १४ बोरामा २८२ पोका पारिएको अवस्थामा चरेस नियन्त्रणमा लिइएको हो । 

ट्रकका चालक मकवानपुर जिल्ला नामटार गाविस–९ का ३० वर्षीय कुमार गोलेलाई नियन्त्रणमा लिइएको उनले बताये । चरेस ओसारपसारमा संलग्न भरियाको धादिङमा खोजी भइरहेको छ । यो परिमाणको चरेस जिल्लामा नियन्त्रणमा लिइएको सम्भवतः पहिलो भएको उनले जानकारी दिए । 

यसैबीच आज बिहानै पूर्वी चितवनको भण्डारमा रहेको प्रहरी चौकबिाट २५ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कुँवरका अनुसार पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा नगरपालिका–२८ का जीवराज बुलन, हाँडीखोला गाविस–५ का ३९ वर्षीय दीपक लामा र बसका चालक हेटौँडा नगरपालिका–२९ का २३ वर्षीय ईश्वर अर्याल छन् । 

बुलन र लामाको झोलाबाट गाँजा बरामद भएको हो । उनीहरु वीरगन्जबाट काठमाडौँ जान आउँदै गरेको ना५ख ३५०३ नंको बसमा रहेको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी