२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री र सचिवलाई भरतपुरमा उतारेर प्रचण्डले गरे आगामी कार्यदिशाबारे अन्तरक्रिया

३ असार २०७९, शुक्रबार ११:४८

असार ३, चितवन | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र- ३ बाट निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्री र सचिवलाई ल्याएर समृद्ध भरतपुरको लागि आगामी कार्यदिशाबारे अन्तरक्रिया गरेका छन् । स्थानीय तहको निर्वाचन अगाडि पनि प्रचण्डले भरतपुरको विकासका लागि मन्त्री र सचिवहरुलाई भरतपुरमा उतारेर अन्तरक्रिया गरेका थिए ।


शुक्रबार ऊर्जामन्त्री पम्फा भुसाल, बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतलाई उतारेर भरतपुरको कार्यदिशाबारे अन्तरक्रिया गरेका हुन् ।

कार्यक्रमको आयोजना भने भरतपुर महानगरपालिकाले गरेको हो । आगामी संघीय निर्वाचनमा पनि चितवनबाटै उठ्ने तयारी गरेका प्रचण्डले सिंगै देशलाई चितवनबाट विकासको मोडल दिन सकिने बताएका छन् ।

‘आफैँ जन्मे हुर्केको जिल्लाबाट जनप्रतिनिधि बन्न आउँदा केहि सपना बोकेर आएको पक्कै हो’, उनले भने, ‘भरतपुर र चितवन भनेर मात्रै बोकेको होइन । सामाजिक विकास र रुपान्तरण मोडल चितवनबाट दिन सकिन्छ भन्ने छ ।’ चितवनले राष्ट्रलाई राम्रो सन्देश दिन सक्ने भन्दै उनले मकवानपुरदेखि नवलपरासीसम्मको क्षेत्रको विकासका लागि विकास प्राधिकरण गठन गर्ने विषयमा छलफल भइरहेको बताए ।

भरतपुरले अब उत्पादन र रोजगारीलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले पिच बाटो निर्माण गर्ने कामलाई अब पहिलो प्राथमिकतामा राख्न नहुने बताए । आम जनतालाई सामाजिक सुरक्षा र सामाजिक न्यायको प्रत्याभूति हुने गरी काम गर्न उनले भरतपुर महानगरमा निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।

जनप्रतिनिधिको पहिलो कार्यकालमा भौतिक पूर्वाधार र यातायात विकासलाई प्राथमिकता दिइएकोमा धेरै हदसम्म सफलता प्राप्त भएको उनले बताए । धुलोधुँवाबाट जनताको ज्यान जान सक्ने अवस्थाको अन्त्य भएको उनले दाबी गरे ।

संघीय बजेट तथा नीति कार्यक्रम बनाउँदा पनि कृषिजन्य उत्पादनलाई प्राथमिकता दिन खोजिएको उनले बताए । कृषि क्षेत्रमा पर्ने गरेको बजेटको परम्परागत हिस्सालाई अहिले परिवर्तन गर्ने कोसिस गरिएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की