१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफिन बनाए, तयार भएको केही घण्टामै अस्ताए

५ असार २०७९, आईतवार ०८:०९

असार ५, झापा | भुटानी शरणार्थी नेता डा. भम्पा राईले उनी कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफन आफैँ बनाउने र कुँवरलाई हडर दिन भने ।

संयोग पनि कस्तो ! जब कफन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफन तयार भएको केही घण्टामै उनको निधन भयो । ‘डाक्टर साबले १५ दिनअघि इन्द्र भाइ बिरामी पनि परिन्छ, के हो के हो एउटा बाकस बनाउनपर्‍याे भन्नुभयो । अडर पनि गरियो । उहाँले नै एडभान्स २० हजार रुपैयाँ दिनुभयो । सिसासहितको कफनका लागि जम्मा ३६ हजार तिर्नुभयो,’ उनी भन्छन्, ‘ उहाँले त्यो बाकस किन ढिला भयो भनेर सोधिरहनुहुन्थ्यो । बल्ल हिजो (शनिबार) तयार भयो । बाकस ल्याएर रिक्साबाट झार्दै थिएँ । डाक्टर साब साह्रै बिरामी भएको खबर पाएँ । क्लिनिकमा डा. राईको कोठामा बास राखेर उहाँलाई उपचारका लागि अस्पताल लग्यौँ । राति उहाँको निधन भयो ।’

भुटानी शरणार्थी नेता डा. राईको ७२ वर्षको उमेरमा शनिबार राति विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो । डा. राई भुटानमा भुटानी राजपरिवारका डाक्टर थिए । उनी भुटानकै पहिलो सर्जन डाक्टर हुन् । उनलाई अन्य नेपालीभाषी भुटानीजस्तो नेपाल आउनैपर्ने बाध्यता थिएन । तर, नेपालीभाषीको मायाले भुटानी शरणार्थीसँगै नेपाल आएका हुन् । १९९१ पछि भुटान सरकारले नेपालीभाषीलाई गैरनागरिक भन्दै लखेट्यो । नेपालीभाषी दाजुभाइसँगै उनी नेपाल आएका थिए । उनी बिरामी परेका भुटानी शरणार्थीको निःशुल्क उपचार गर्दै आएका थिए ।

भुटानी शरणार्थी नेता डा. राई लामो समयदेखि भुटानी शरणार्थी स्वदेशी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए । तर, भुटानी शरणार्थीको पुनर्वासपछि उनको आन्दोलन कमजोर थियो । भुटान फर्कने उनको सपना अधरै रह्यो । भुटानप्रति उनको माया असाध्यै थियो । उनको क्लिनिकको टेबलमा भुटानको झण्डा सधैँ हुन्थ्यो । तर, देशले उनलाई अनागरिक बनायो । शरणार्थीले पनि बाच्न पाउनुपर्ने मुद्दा उठाउँदै आएका भुटानी शरणार्थी नेता डा. राई देशविहीन भएर अस्ताए । भुटानी शरणार्थीहरु अभिभावक गुमाउन परेको बताउँछन् । डा. राईका बुबा, आमा, श्रीमती र दिदी पनि नेपाल आएरै बिते । उनका सन्तान छैनन् । उनले दमकमा तीन दशकसम्म डेरा गरेर बिरामीको उपचार गर्दै दमकको स्वास्थ्य क्षेत्रमा योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस