२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफिन बनाए, तयार भएको केही घण्टामै अस्ताए

२०७९, ५ असार आईतवार ०८:०९

असार ५, झापा | भुटानी शरणार्थी नेता डा. भम्पा राईले उनी कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफन आफैँ बनाउने र कुँवरलाई हडर दिन भने ।

संयोग पनि कस्तो ! जब कफन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफन तयार भएको केही घण्टामै उनको निधन भयो । ‘डाक्टर साबले १५ दिनअघि इन्द्र भाइ बिरामी पनि परिन्छ, के हो के हो एउटा बाकस बनाउनपर्‍याे भन्नुभयो । अडर पनि गरियो । उहाँले नै एडभान्स २० हजार रुपैयाँ दिनुभयो । सिसासहितको कफनका लागि जम्मा ३६ हजार तिर्नुभयो,’ उनी भन्छन्, ‘ उहाँले त्यो बाकस किन ढिला भयो भनेर सोधिरहनुहुन्थ्यो । बल्ल हिजो (शनिबार) तयार भयो । बाकस ल्याएर रिक्साबाट झार्दै थिएँ । डाक्टर साब साह्रै बिरामी भएको खबर पाएँ । क्लिनिकमा डा. राईको कोठामा बास राखेर उहाँलाई उपचारका लागि अस्पताल लग्यौँ । राति उहाँको निधन भयो ।’

भुटानी शरणार्थी नेता डा. राईको ७२ वर्षको उमेरमा शनिबार राति विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो । डा. राई भुटानमा भुटानी राजपरिवारका डाक्टर थिए । उनी भुटानकै पहिलो सर्जन डाक्टर हुन् । उनलाई अन्य नेपालीभाषी भुटानीजस्तो नेपाल आउनैपर्ने बाध्यता थिएन । तर, नेपालीभाषीको मायाले भुटानी शरणार्थीसँगै नेपाल आएका हुन् । १९९१ पछि भुटान सरकारले नेपालीभाषीलाई गैरनागरिक भन्दै लखेट्यो । नेपालीभाषी दाजुभाइसँगै उनी नेपाल आएका थिए । उनी बिरामी परेका भुटानी शरणार्थीको निःशुल्क उपचार गर्दै आएका थिए ।

भुटानी शरणार्थी नेता डा. राई लामो समयदेखि भुटानी शरणार्थी स्वदेशी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए । तर, भुटानी शरणार्थीको पुनर्वासपछि उनको आन्दोलन कमजोर थियो । भुटान फर्कने उनको सपना अधरै रह्यो । भुटानप्रति उनको माया असाध्यै थियो । उनको क्लिनिकको टेबलमा भुटानको झण्डा सधैँ हुन्थ्यो । तर, देशले उनलाई अनागरिक बनायो । शरणार्थीले पनि बाच्न पाउनुपर्ने मुद्दा उठाउँदै आएका भुटानी शरणार्थी नेता डा. राई देशविहीन भएर अस्ताए । भुटानी शरणार्थीहरु अभिभावक गुमाउन परेको बताउँछन् । डा. राईका बुबा, आमा, श्रीमती र दिदी पनि नेपाल आएरै बिते । उनका सन्तान छैनन् । उनले दमकमा तीन दशकसम्म डेरा गरेर बिरामीको उपचार गर्दै दमकको स्वास्थ्य क्षेत्रमा योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते