५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्समा निर्वाचनः राष्ट्रपतिले संसदमा गुमाए बहुमत

६ असार २०७९, सोमबार ०२:३९

असार ६, पेरिस | एजेन्सी | राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयपछि फ्रान्सेली संसद नेसनल एसेम्ब्लीमा इमानुएल म्याक्रोँले बहुमत गुमाएका  छन् ।  निर्वाचनमा वाम गठबन्धन र अति दक्षिणपन्थीहरूको दमदार प्रस्तुतिपछि राष्ट्रपति म्याक्रोँले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीमा बहुमत गुमाएका हुन् । 

उनले बलियो बहुमत ल्याउन मतदातालाई आह्वान गरेका थिए ।

तर, म्याक्रोँले नेतृत्व गरेको गठबन्धनले चुनावमा दर्जनौं सिट गुमाएको छ, जसले फ्रान्सेली राजनीतिलाई ध्रवीकरणतर्फ लैजाने देखिएको छ । अव राष्ट्रपतिलाई सुधारका योजना पारित गर्न समस्या पर्नेछ । 

निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनले नेतृत्व गरेको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् । 

म्याक्रोँले हालै नियुक्त गरेका प्रधानमन्त्री एलिजाबेथ बोर्नले यो अवस्था अप्रत्यासित भएको बताइन् । 

‘हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका जोखिमहरूलाई ध्यानमा राख्दा पछिल्लो अवस्थाले हाम्रो देशकाे खतरा प्रतिनिधत्व गर्छ’,  प्रधानमन्त्री भनिन् । 

आधुनिक फ्रान्सले यस्तो संसद कहिल्यै नदेखेको पनि उनले बताइन् । संसदमा बहुमत जुटाउने प्रयत्नमा लाग्ने उनले बताइन् ।  उनले अगाडि थपिन, ‘हामीले भोलिदेखि नै बहुमत ल्याउनका लागि काम गर्नेछौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता