१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन : शिक्षामन्त्री पौडेल

६ असार २०७९, सोमबार १०:०७

असार ६, काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन् ।  सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन, उनले भने, ‘प्रकृतिको साधन गर्न सक्दैनौं त्यसैले योग महत्वपूर्ण हो ।’ 


प्रकृतिले उपहार स्वरुप मानव जिवन दिएको बताउँदै  प्राप्तिका लागि तछाडमाछाड गरी हिँडिरहेको बताए । उनले प्रकृतिमा बाँच्नका निम्ति वनस्पति र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरु उपलब्ध गराएको बताउँदै  प्रकृतिसँग समाउन सक्नुपर्नेमा जोड दिए । 

‘योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो । आज समय बदलिएको छ । योग भनेको मानव जीवनसँगै लगेर जाने हो’ उनले भने ।

‘पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौं । आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ’ उनले भने, ‘आत्मक समृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम् फल्न, फक्रन सक्दैन ।’ 

मन, बचन र कर्ममा अनुभूती प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ