५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल पुरस्कार

७ असार २०७९, मंगलवार ०४:४१

असार ७, मस्को | एजेन्सी | स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३.५ मिलियन डलरमा लिलामीमा बिक्री गरेका छन् ।

हेरिटेज अक्सनले न्युयोर्कमा आयोजना गरेको बिक्रीमा उक्त पदक अज्ञात बोलपत्रदातालाई बेचिएको थियो । ती व्यक्तिले फोनमार्फत पदक किनेका थिए ।

मुरातोभले सन् २०२१ मा फिलिपिन्सकी पत्रकार मारिया रेसासँगै पुरस्कार जितेका थिए । नोबेल समितिले  उनीहरूलाई ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासको लागि’सम्मान गरेको थियो ।

सोभियत संघको पतन पछि उनी सन् १९९३ मा नोभाया गजेटा स्थापना गर्ने पत्रकारहरूको समूहमा थिए । पत्रिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको कार्यनीतिको आलोचना गर्दै आएको छ । 

रुसले युक्रेनमा आक्रमण गरेको एक महिनाभन्दा बढी समयपछि मार्चमा पत्रिकाको सञ्चालनमा अवरोध आएको थियो ।  क्रेमलिनको रक्तपातपूर्ण सैन्य अभियानको आलोचना गर्ने कसैलाई पनि कडा जेल सजाय दिने कानून ल्याएपछि सञ्चालनमा अवरोध आएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता