2026-06-28 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले ५१ वर्षपछि पुस्तकालयलाई पुस्तक फिर्ता गरे, किताबसँगै पठाए यस्तो नोट

असार ७, भ्यानकुभर | एजेन्सी | कुनै पनि पुस्तकालयबाट पुस्तक लगेपछि प्रायः मानिसले तोकिएको मितिमा नै पुस्तक फिर्ता गर्नुपर्ने हुन्छ । तर, एक जना यस्ता व्यक्ति भेटिएका छन् जसले दशकौँपछि पुस्तक फिर्ता गरेका छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । क्यानडाको भ्यानकुभरमा यस्तै घटना भएको छ ।


त्यहाँको सार्वजनिक पुस्तकालयले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बीर सेयर गर्दै ५१ वर्षपछि एउटा किताब ठ्याक्कै उस्तै अवस्थामा फर्किएको जनाएको छ । कितावसँगै एउटा मन छुने नोट पनि पठाइएको छ । 

‘तपाईको पुस्तकालयबाट । धेरै माफ गर्नुहोस् यो अलि ढिलो भयो । ५१ वर्ष भयो । तर, धेरै राम्रो अवस्थामा छ । धन्यवाद ।’, नोटमा भनिएको छ । भ्यानकुभर पब्लिक लाइब्रेरी अफ साउथ हिलले सार्वजनिक गरेको तस्बीरअनुसार ‘द टेलिस्कोप’ नामको पुस्तक ह्यारी एडवर्ड निलले  लेखेका हुन् । 

पुस्तकभित्रको कार्डमा लगाइएको छापमा पुस्तक बुझाउने अन्तिम मिति सन् १९७१ को २० अप्रिल उल्लेख छ । पुस्तकको तस्बीर पुस्तकालयले जुन ७ मा क्याप्ससहित सेयर गरेको थियो । क्याप्सनमा लेखिएको छ, ‘यस पुस्तकमा भएको यस्तो रमाइलाे नोट हाम्रो दक्षिण हिल शाखामा केही ढिलो (५१ वर्ष !) पछि फर्कियो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी