१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनुषा जिप्रकाका तत्कालिन नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ४४ लाख बिगो दाबी

८ असार २०७९, बुधबार १०:३०

असार ८, धनुषा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बिगो दाबी गरिएको छ । 

झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा झाले २०३९ मंसिर ९ गते गाविस सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साल श्रावण महिनाबाट अवकाश पाएको देखिएको थियो । 

परीक्षण अवधि २०३९÷४० देखि २०७७÷७८ सम्ममा उनले २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । व्ययतर्फ ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ । 

अनुसन्धानका क्रममा झाले २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ अवैध आर्जन गरेको पाइएको हुँदा उनीविरुद्ध मुद्दा दायर गरिएको बुधबार एक विज्ञप्ति जारी गरी अख्तियारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ