४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियाविरुद्ध अदालतमा मुद्धा दर्ता

९ असार २०७९, बिहीबार ०३:३०

असार ९, मुम्बई | एजेन्सी | बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ ।

स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा आरोप तय गरिएको छ । उनले ड्राफट चार्जसिट दर्ता गर्दै रिया र शौविकले लागुऔषधको प्रयोग गरेको र सुशान्तका लागि यसको खरिद बिक्री गरेको दाबी गरेका छन् । उनले अदालतले सबै आरोपीमाथि आरोप तय गर्ने तयारीमा रहे पनि केही आरोपीले डिस्चार्ज एप्लिकेसन दर्ता गराएकोले त्यसो हुन नसकेको बताए ।

अदालतले डिस्चार्ज एप्लिकेसनमाथि फैसला नहुञ्जेलसम्म आरोप तय गर्न नसकिने जनाएको छ । बुधबार भएको अदालती कारवाही प्रक्रियामा रिया र शौविक उपस्थित थिए । विशेष न्यायाधीश वीजी रघुवंशीले यो मामलाको सुनुवाई १२ जुलाईमा गर्नेछन् ।

सुशान्तको मृत्युको मामलामा लागुऔषध मुद्धाअगाडि आएपछि रियालाई सन् २०२० को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । करिब १ महिनाको जेल बसाईंपछि मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् ।

सुशान्तले सन् २०२० को जुन १४ मा आफ्नो मुम्बईको फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । यो विषयको अनुसन्धान उच्च अदालतको आदेशमा सीबीआईले पनि गरेको छ तर निस्कर्षमा पुग्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ