2026-07-25 12:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिनाका फुटबलर म्याराडोनाको उपचारमा लापरबाही, ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

एजेन्सी | अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको मृत्युमा ‘आपराधिक लापरबाही’ गरेको भन्दै आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । मेडिकल प्यानलले म्याराडोनाको उपचारमा ‘कमजोरी र अनियमितता’ भएको पाएपछि त्यहाँका एक न्यायाधीशले हत्याको मुद्दामा सुनुवाइ गर्न आदेश दिएका हुन् ।

म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएको थियो । उनले एक महिनाअघि मस्तिष्कमा रगत जमेको शल्यक्रिया गराएका थिए । उनी घरमा नै यसको उपचार गराइरहेका थिए । उनको मृत्युको केही दिनपछि नै अर्जेन्टिनाका अभियोजकहरुले उनको उपचारको संलग्न डाक्टर तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए ।

म्याराडोनाको मृत्युबारे अध्ययन गर्न बनाइएको २० जना विज्ञहरूको प्यानलले उनको मेडिकल टिमले ‘अनुपयुक्त, कमजोर र लापरवाह तरिका’ ले काम गरेको ठहर गरेको थियो । म्याराडोनाले राम्रो उपचार पाएको भए उनी बाँच्ने सम्भावना बढी हुने पनि प्यानलको ठहर थियो । 

मुद्दा खेप्नेमा म्याराडोनाका न्युरोसर्जन र व्यक्तिगत डाक्टर लियोपोल्डो लुके, एकजना साइकियाट्रिस्ट, दुई डाक्टर, दुई नर्स र उनीहरूको मालिकलगायत रहेका छन् । सबैले उक्त आरोपको खण्डन गरेका छन् । अभियोग पुष्टि भए उनीहरूलाई ८ देखि २५ वर्षसम्म जेल सजायको व्यवस्था रहेको छ । सुनुवाइको मिति तय गर्न भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक