१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा बाँड्दाबाँड्दै अस्ताएकी शोभा प्रधान

९ असार २०७९, बिहीबार ०९:०५

असार ९, काठमाडौँ  | नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार निधन भयो । शिक्षण पेसामा आवद्ध रहेकी उनी २० वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । आफू प्राणघातक रोगबाट पीडित भए पनि शिक्षा क्षेत्रमा योगदान गर्न भने कहिल्यै आनाकानी र इन्कार गरिनन् । बरु शिक्षा र स्वास्थ्यमा दत्तचित्त भएर खटिन् । 

यसरी खट्दा खट्दै बुधबार नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा ६२ वर्षको उमेरमा शोभाको निधन भएको भयो । रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभाले ११ मंसिर २०४१ मा नारायणमान बिजुक्छेंसँग विवाह गरेकी थिइन् । विवाह अघिदेखि नै उनी शिक्षण पेसामा आवद्ध भएकी थिइन् । 


२० भदौ २०३५ रामेछाप ठेसोस्थित शारदा माविमा प्रावि तह अस्थायी शिक्षिका भएर अध्यापन थालेकी उनी १९ फागुन २०४० मा भक्तपुरको च्याम्हासिंहस्थ्ति बागीश्वरी माविमा सरुवा भएर शिक्षाको ज्योति बाँड्ने काम गरिन् । उनी २ पुस २०६८ प्रावि तह द्वितीय श्रेणीमा वढुुवा भइन् । 

निरन्तर शिक्षण पेशामा रहेकी उनी १३ पुस २०७७ मा उमेरहदका कारण अनिवार्य अवकास पाए पनि शिक्षाको क्षेत्रमा भने क्रियाशील रहिरहिन् ।  जीवनको ४२ वर्ष लामो समय शिक्षिका भएर बिताएकी उनी अवकाश पाएपछि पनि शिक्षाकै क्षेत्रमा क्रियाशील भइन् । 

क्यान्सरसँग लड्दै र शिक्षाको क्षेत्रमा क्रियाशील रहेकी बागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्यको भूमिकाबाट बालबालिकाको शिक्षामा योगदान गरिरहिन् । 

बिदामा समेत नबसी अध्यापनमा शोभा खटिने गरेको उनका सहकर्मी ज्ञानसागर प्रजापति सम्झन्छन् । शोभाकै कारण विद्यालयमा क्यान्सर पीडितहरुको लागि उपचार गर्न १० लाखको अक्षय कोष स्थापना गरिएको प्रजापतिले बताए । 

‘उहाँंले (शोभा) सेवानिवृत्त भएपछि पाउनुभएको दुई लाख रुपैयाँं क्यान्सर पीडित स्कुल परिवारको उपचारका लागि भनि कोष स्थापना गरी पैसा जम्मा गरिदिनुभयो,’ प्रजापतिले भने, ‘उहाँंकै उत्प्रेरणाबाट मैले पनि एक लाख राखेँ, अर्का शिक्षक रामप्रसाद सुवालले एक लाख राख्नुभयो, फेरि अर्की शिक्षिका शोभना शाक्यले ५० हजार राख्नुभयो । यसरी  चार लाख ५० हजार जम्मा भयो र पाँंच लाख ५० हजार स्कुलले थपेर १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरौँ ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ