२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

घरघरमा सिंहदरबार पुग्नेगरी काम नहुँदा संघीयतामाथि प्रश्न उठ्योः मन्त्री शेखरचन्द्र थापा

९ असार २०७९, बिहीबार ११:०३

असार ९, खोटाङ | प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाले जनप्रतिनिधिले घर घरमा सिंहदरबार पुग्नेगरी काम गर्न नसक्दा संघीयतामाथि प्रश्न उठेको बताएका छन् ।


डिभिजन वन कार्यालय खोटाङले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको जिल्लास्थित दलका नेतासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले जनप्रतिनिधिको कार्यशैलीका कारण संघीयतामाथि लौरो उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

'सिंहदरबारलाई घरघरमा पुर्‍याउन नसक्दा संघीयतामाथि नै प्रश्न उठ्न थालेको छ । घरघरमा सिंहदरवारको अनुभूति दिन सक्छौँ/सक्दैनौं यो विषयलाई स्थानीय सरकार, प्रदेश सरकारले सोच्नुपर्ने बेला आएको छ,'  मन्त्री थापाले भने, 'कुर्सीमा बसेको बेला जनताको समस्यालाई पहिचान गरेर हल गर्दै लगे मात्र संघीयता आएको महसुस हुन्छ । हामीले दिएको नाराले सार्थकता पाउँछ ।” 

मन्त्री थापाले बजेट वितरणका क्रममा कुर्सीमा बसेर गरिने निर्णयभन्दा फिल्डमा पुगेर गरिने निर्णय प्रभावकारी हुने औंल्याएका छन् । उनले फिल्ड भिजिट गरेर प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । 'कुर्सीमा बसेर मात्र गरेको निर्णयले कतिपय जनताको समस्या समाधान गर्न नसक्दो रहेछ,' थापाले भने, 'प्रत्यक्ष रुपमा फिल्ड भिजिट गरेर हेरेर निर्णय गर्नु र कुर्सीमा बसेर गरिने निर्णयमा आकाश पातालको फरक पर्ने रहेछ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह