असार ११, काठमाडौँ | अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने १० सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएको नेकपा एस स्रोतले जानकारी दियो ।
सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता गरेको स्रोतको दावी छ ।
यसबाहेक निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन् ।