५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब‌गलादेशमा राष्ट्रिय गौरवको पद्मा पुलः एडीबीले हात झिक्यो, सरकारले सम्पन्न गरेरै छाड्यो

१२ असार २०७९, आईतवार ०८:३३

असार १२, ढाका | एजेन्सी | बंगलादेशले आफ्नो इतिहासकै ठूलो पूर्वाधार परियोजनाको अनावरण छ । लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज अनावरण गरिएको हो । ६ दशमलब १५ किलोमिटर लमो उक्त पुलको प्रधानमन्त्री शेख हसिना वाजिदले शनिबार उद्धघाटन गरिन् । पुलले राजधानी ढाकलाई देशको दक्षिणी क्षेत्रका जिल्लाहरुसँग जोड्छ । पुल निर्माण गर्न ३ दशमलब ६ अर्ब लागत लागेको थियो । पूर्णरूपमा स्वदेशी लगानीमा पुल निर्माण भएको हो । पुल आईतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । 


बंगलादेशको अहिलेसम्मको सबैभन्दा लामो यस पुललाई ‘राष्ट्रिय गौरवको प्रतीक’ भनिएको छ । सन् २०१५ मा पुल निर्माण सुरु गरिएको थियो । पुल निर्माण सम्पन्न हुने बारेमा धेरैले चासो र आशंका गरेका थिए । पुल निर्माणका लागि सुरुमा विश्व वैंकेले १ दशमलब २ अर्ब बिलियन ऋण सम्झौता गरेको थियो । 

चार लेनको यो पुलमा गाडी र रेल दुबै गुड्न मिल्छ । 

तर, भ्रष्टाचारको आरोप लगाउँदै सन् २०१२ मा विश्व बैंकले परियोजनाबाट हात झिकेको थियो । त्यसको तीन वर्षपछि सरकारले आफ्नै लगानीमा पुल निर्माण सुरु गरेको थियो । परियोजना सम्पन्न गर्न सरकारले आफै लगानी गर्ने प्रधानमन्त्रीले घोषणा गरेकी थिइन् ।

‘यो पद्मा पुल इँटा र सिमेन्टको थुप्रो होइन, बंगलादेशको गौरव, सम्मान र क्षमताको प्रतीक हो,’ पद्मा पुल देशको गौरव बताउँदै उनले भनिन् , ‘हामीले सक्छौं भनेर संसारलाई देखाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता