2026-10-25 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाकिरालाई प्रेम प्रस्ताव आएपछि प्रहरीमा उजुरी

असार १३, लसएञ्जल्स | एजेन्सी | फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा तनावमा छिन् । पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा गर्ने र विवाहका लागि पत्रसमेत आउन थालेपछि शाकिरा तनावमा परेकी  हुन् ।

‘वाका वाका’ गायिकाको बार्सिलोनास्थित घरमा उनलाई एक फ्यानले आफूसँग विवाहको प्रस्तावसहितको पत्र आएपछि शाकिराका परिवार तथा उनका भाई टोनिनो मेबारकसँग प्रहरीकहाँ पुगेर पत्रका विषयमा जानकारी गराएका छन् ।

Shakira's Sister Gives Update Following Gerard Piqué Breakup

यसै महिनाको सुरुमा उनको घर अगाडिको फुटपाथमा  ‘तिमीलाई प्रेम गर्छु’ भन्दै ‘अज्ञात’ व्यक्तिले लेखेको भेटिएको थियो । उनले आफूले शाकिरासँग तुरुन्तै विवाह गर्ने चाहना राखेको समेत लेखिएको थियो ।

‘म तिमीसँग प्रेम गर्छु, सुन्दर महिला । म तिमीलाई लिन आउँदैछु, मेरो मायालु । म अहिले नै तिमीसँग विवाह गर्न तयार छु’, लेखिएको थियो ।

शाकिरा निकट स्रोतका अनुसार त्यो लेख्ने व्यक्ति एक रुसी नागरिक हुन् । जो शाकिराको पिकेसँग अलग भएको घोषणापछि ऊ शाकिराको घर वरपर पिछा गरिरहेको छ ।

यो घटना केही दिन पछि आयो, जब स्पेनिस फूटबलर पिकेले शाकिराका सन्तान मिलान र साशालाई बिदा मनाउन लैजानका लागि अस्वीकार गरेका थिए । ११ वर्षसम्म सँगै बसेर दुवै जना अलग्गिएका छन् । शाकिरले पिकेले अर्की युवतीसँग सम्बन्ध बनाएर आफूलाई धोका दिएको आरोप लगाएकी थिइन् । शाकिराले आफ्नो पूर्वप्रेमीले पुनः विवाहको प्रस्ताव गरेको हुनसक्ने आशंका व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने