२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान अवतरण गर्ने बेला रनवेमा मान्छे देखेपछि, विमानले गर्यो ‘ओभरसुट’

२०७९, १३ असार सोमबार ०९:१७

असार १३, काठमाडौँ | कुवेतबाट नेपाल आएको जजिरा एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेला रनवेमा मान्छे हिँडिरहेकाे देखेपछि पाइलटले विमान पुनः आकाशतिरै उडाउन बाध्य भए।

आइतबार बिहान करिब ३ः२० मा कुवेतबाट १०७ यात्रु लिएर नेपाल आएको जजिरा एयरलाइन्सको जे ९५४१ विमान अवतरणका क्रममा विमान स्थलमा मान्छे हिँडिरहेको देखेपछि पाइलटले तत्काल पुनः आकाशतिर फर्काएर विमान दुर्घटना हुनबाट बचाएका हुन्।


रनवेमा मानिस हिँडडुल गर्न नपाइने भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवस्थापन पक्षमा भएको लापर्वाहीका कारण १०७ सात यात्रु बोकेको विमान ठूलो दुर्घटना नजिक पुगेको थियो।

विमानले करिब २० मिनेट काठमाडौँको आकाशमै फन्को लगायएर दुर्घटना हुनबाट बचेको थियो। विमानस्थल स्रोतले भने सरसफाईका क्रममा कर्मचारी त्यहाँ गएको बताएको छ।

त्रिभुवन विमानस्थलमा यसअघि पनि यस्ता किसिमका घटना भइरहेको भएपनि यसबारे सम्बन्धित पक्ष सचेत नभएको भन्दै चौतर्फी विरोध भइरहेको छ।

विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुर भने यो सामान्य प्रकृतिकै घटना भएको बताएका छन्। उनले भने,‘ यो सामान्य प्रकृतिकै घटना हो। आगामी दिनमा यस्तो नहोस् भन्नको लागि बैठक राखेर कर्मचारीलाई सचेत गराउँछौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा