२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण, गरे दुई निर्णय

२०७९, १३ असार सोमबार ०९:२५

असार १३, काठमाडौँ | नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्ने क्रममा दुई निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै पर्यटन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने क्रममा दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।


उनले विश्व संम्पदा  सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । श्रेष्ठले आफू सांसद हुँदादेखि सुरु गरेको कामलाई पुरा गर्नेगरी उक्त  निर्णयमा हस्ताक्षर गरेको बताए । सोही शीर्षकमा काम गर्नेगरी डिपिआर सहित बजेट समेत विनियोजन भइसकेको छ ।

नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण, गरे दुई निर्णय | Ratopati

त्यस कार्यलाई तिव्रता दिनेगरी निर्णयमा हस्ताक्षर गरेका हुन् । यस्तै कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएपछि अध्ययन प्रतिवेदन समेत तयार भइसकेको छ । ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा मन्त्री श्रेष्ठले हस्ताक्षर गरेका हुन् । पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने श्रेष्ठले बताए । आफूले गरेको पहिलो निर्णयलाई दृढताका साथ पुरा गर्ने बचन उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने