२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्वीटलाई लिएर मोदीका प्रखर आलोचक पक्राउ

२०७९, १४ असार मंगलवार ०६:२७

असार १४, नयाँ दिल्ली | एजेन्सी | भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रखर आलोचक तथा  फ्याक्ट–चेकिङ वेबसाइटका सह–संस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । अल्ट न्यूजका मोहम्मद जुबैर पक्राउ परेका हुन् । उनलाई ट्विटरमा धार्मिक विश्वासको अपमान गरेको आरोप लगाइएको भारतीय मिडिया संगठनहरूको नेटवर्कले जनाएको छ । 


उनको पक्राउकाे विपक्षी नेता र कार्यकर्ताहरूले निन्दा गरेका छन् । जुबैरले हालै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ताले एक टेलिभिजन बहसको क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको टिप्पणीलाई 'हाइलाइट' गरेका थिए । 

उनको ट्वीट चौतर्फी सेयर गरिएको थियो । धेरै मुस्लिम देशहरूले भारतसँग कडा विरोध जनाएका थिए । पछिल्ला सातामा हिन्दू राष्ट्रवादीहरूले जुबैरले गरेका विगतका टिप्पणीहरूमा सरकारको ध्यानाकर्षण गरेका छन् र आफूहरूको धार्मिक भावनामा चोट पुर्‍याएको अभियोगमा कारबाही गर्न सरकार समक्ष मागसमेत गरेका छन् ।

सन् २०१८ मा एउटा विवादास्पद ट्वीट गरेपछि जुबैर पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो