१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न र मापदण्ड पालना नगरी पानी बेच्ने नपाइने

१४ असार २०७९, मंगलवार ०७:२५

असार १४, काठमाडौं | अब फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने भएको छ । मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एक सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग नगर्न भनेको हो । 

खाद्य नियमावली २०२७ को दफा १५ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागी राख्न निषेध गरिएको हो । 

साथै व्यावसायिक रूपमा फलफूल पकाउने व्यवसायीहरूले रसायन प्रयोग गरी फलफूल पकाउनु पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरूको तोकिएको विधि अनुरूप मात्र पाउने भएका छन् । 


आँप लगायतका फलफूल खरिद गर्दा काटुन् वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ । 

यसका साथै  फलफूल उपभोग गर्दा राम्ररी सफा पानीले पखालेर मात्र उपभोग गर्न पनि उपभोक्तामा आग्रह गरेको छ । 

यस्तै विभागले उपत्यकामा प्रयोग हुने खानेपानी जार वा बोत्तलको लेवलमा विभागले उपलब्ध गराएको नं रहे नरहेको जाँचेर मात्र प्रयोग गर्न अनुरोध गरेको छ। विभागले उपलब्ध गराउने नं (डीएफटिक्युसी नं)  उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्र प्रशोधित पिउने पानी उपभोग गर्न अनुरोध गरेको छ । 

वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानिकारक सूक्ष्म जीवाणुहरूको संक्रमण बढने साथै संक्रमित पानीको प्रयोगबाट रोगको संक्रमण हुने सम्भावना भएको हुँदा स्वच्छ तथा सफा पानीको प्रयोग गर्न विभागले अनुरोध गरेको हो ।

प्रशोधित पिउने पानी (बोटलरजार) उत्पादन तथा बिक्रि वितरण गर्न प्रशोधित पिउने पानी उत्पादन सम्वन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानहरू पुरा गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयहरूबाट अनिवार्य रूपमा खाद्य ऐन नियम अनुसार अनुज्ञापत्र लिइ नवीकरण अद्यावधिक गराइ मात्र उत्पादन तथा बिक्रि वितरण गर्न प्रशोधित पिउने पानी उद्योगीहरुलाई समेत विभागले सूचित गरेको छ । अन्यथा खाद्य ऐन नियम अनुसार कारवाही हुने समेत विभागले जनाएको छ।

विभागले सम्पूर्ण उपभोक्ताहरूले प्रशोधित पिउने पानीको बोटल र जारको लेवलमा  (DFTQC No.) उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्र प्रशोधित पिउने पानी उपभोग गर्न अनुरोध गरेको छ । साथै खाद्य अनुज्ञापत्र नलिइ उत्पादन विक्रि वितरण गरेको जानकारी भएमा विभाग तथा मातहतका कार्यालयमा सूचना उपलब्ध गराई कारवाही प्रकृयामा सहयोग गर्न विभागले अनुरोध गरेको छ।

पछिल्लो दिनमा पानीका कारणले उपत्यकाका विभिन्न स्थानमा झाडा पखालाका बिरामी बढेपछि विभागले आफ्नो सक्रियता थप बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ