2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न र मापदण्ड पालना नगरी पानी बेच्ने नपाइने

असार १४, काठमाडौं | अब फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने भएको छ । मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एक सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग नगर्न भनेको हो । 

खाद्य नियमावली २०२७ को दफा १५ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागी राख्न निषेध गरिएको हो । 

साथै व्यावसायिक रूपमा फलफूल पकाउने व्यवसायीहरूले रसायन प्रयोग गरी फलफूल पकाउनु पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरूको तोकिएको विधि अनुरूप मात्र पाउने भएका छन् । 


आँप लगायतका फलफूल खरिद गर्दा काटुन् वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ । 

यसका साथै  फलफूल उपभोग गर्दा राम्ररी सफा पानीले पखालेर मात्र उपभोग गर्न पनि उपभोक्तामा आग्रह गरेको छ । 

यस्तै विभागले उपत्यकामा प्रयोग हुने खानेपानी जार वा बोत्तलको लेवलमा विभागले उपलब्ध गराएको नं रहे नरहेको जाँचेर मात्र प्रयोग गर्न अनुरोध गरेको छ। विभागले उपलब्ध गराउने नं (डीएफटिक्युसी नं)  उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्र प्रशोधित पिउने पानी उपभोग गर्न अनुरोध गरेको छ । 

वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानिकारक सूक्ष्म जीवाणुहरूको संक्रमण बढने साथै संक्रमित पानीको प्रयोगबाट रोगको संक्रमण हुने सम्भावना भएको हुँदा स्वच्छ तथा सफा पानीको प्रयोग गर्न विभागले अनुरोध गरेको हो ।

प्रशोधित पिउने पानी (बोटलरजार) उत्पादन तथा बिक्रि वितरण गर्न प्रशोधित पिउने पानी उत्पादन सम्वन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानहरू पुरा गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयहरूबाट अनिवार्य रूपमा खाद्य ऐन नियम अनुसार अनुज्ञापत्र लिइ नवीकरण अद्यावधिक गराइ मात्र उत्पादन तथा बिक्रि वितरण गर्न प्रशोधित पिउने पानी उद्योगीहरुलाई समेत विभागले सूचित गरेको छ । अन्यथा खाद्य ऐन नियम अनुसार कारवाही हुने समेत विभागले जनाएको छ।

विभागले सम्पूर्ण उपभोक्ताहरूले प्रशोधित पिउने पानीको बोटल र जारको लेवलमा  (DFTQC No.) उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्र प्रशोधित पिउने पानी उपभोग गर्न अनुरोध गरेको छ । साथै खाद्य अनुज्ञापत्र नलिइ उत्पादन विक्रि वितरण गरेको जानकारी भएमा विभाग तथा मातहतका कार्यालयमा सूचना उपलब्ध गराई कारवाही प्रकृयामा सहयोग गर्न विभागले अनुरोध गरेको छ।

पछिल्लो दिनमा पानीका कारणले उपत्यकाका विभिन्न स्थानमा झाडा पखालाका बिरामी बढेपछि विभागले आफ्नो सक्रियता थप बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते