२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा आज रोपाईं महोत्सव हुँदै, ५ सयभन्दा बढी विदेशी सहभागी हुने

२०७९, १५ असार बुधबार ०६:१६

आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ ।


सबै याममा पर्यटक बोलाउन परिषदले महोत्सव गरेको हो । आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

‘पोखराको पर्यटनमा सिजन र अफसिजन थियो । ब्यवसायीहरुले नै विभिन्न इभेण्ट आयोजना गरेर हर मौसम घुम्न योग्य बनाएका छौं,’ उनले भने, ‘रोपाईं महोत्सवको महत्व पोखरामा झन् बढी छ । यहाँ विदेशी पर्यटकहरु नै सहभागी हुन्छन् ।’ रोपाईं महोत्सवबारे अध्ययन समेत सुरु भैसकेको छ । हरेक वर्ष विदेशी विद्यार्थीहरुले नेपालको रोपाईं संस्कारबारे अध्ययन गर्न १५ असारका दिन पोखरा आउने गरेका छन् ।

खेतीयोग्य जमिनकाे संरक्षण, कृषिलाई व्यावसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न महोत्सवबाट टेवा पुग्ने विश्वास लिइएको छ । महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम हुनेछन् । प्रतियोगितामा पहिलो हुनेले ७ हजार र दोश्रो हुनेले ५ हजार पुरस्कार पाउनेछन् । पाँच सय विदेशीसहित करिब १० हजार जना सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा