असार १६, सिंगापुर | एजेन्सी | न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १६, सिंगापुर | एजेन्सी | न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो ।
2026-09-08 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंगापुरमा ढलको पानीबाट बियर, उपभोक्त भन्छन्– पिउन कुनै आपत्ति छैन्

असार १६, सिंगापुर | एजेन्सी | न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो ।
सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरमार्केट र ब्रिवरेज आउटलेटहरूमा बिक्रीमा राखिएको थियो ।

‘मैले यो शौचालयको पानीबाट बनेको हो भनेर गम्भीरतापूर्वक भन्न सक्दिन’ ५८ वर्षीय चेउ वेई लियानले भने । यसबारे सुनेपछि उनले सुपरमार्केटबाट बियर किनेका थिए । ‘यदि यो फ्रिजमा थियो भने मलाई कुनै आपत्ति छैन । मेरो मतलब, यो बियर जस्तै स्वाद छ, र मलाई बियर मन पर्छ ’, उनले अगाडि भने । 
न्युब्रिउले सिंगापुरको ब्रान्डको पिउने पानीको ढलबाट रिसाइकल गरिएको एनईवाटरको प्रयोग गर्दछ, जुन पहिलो पटक टापुको पानी सुरक्षा सुधार गर्न सन् २००३ मा प्रशोधन केन्द्रहरूबाट प्रवाहित भएको थियो । 
पीयूबीले यो नयाँ बियर सिंगापुरवासीहरूलाई दिगो पानीको प्रयोग र रिसाइक्लिङको महत्वबारे शिक्षित गर्ने प्रयासको अंश भएको जनाएको छ ।
पिउने पानीमा ढल प्रशोधन गर्ने अवधारणालाई एक पटक व्यापक विरोध गरिएको थियो । तर, विश्वको ताजा पानीको आपूर्ति घटेसँगै पछिल्ला दशकमा यसले समर्थन पाएको छ । 
विश्व वन्यजन्तु कोषका अनुसार २ दशमलब ७ अर्ब मानिसहरूले वर्षमा कम्तीमा १ महिना पानीको अभाव झेलेका छन् । 
परावैजनी प्रकाशद्वारा ढललाई कीटाणूरहित बनाएर र दूषित कणहरू हटाउन उन्नत झिल्लीमार्फत तरल बनाएर एनइवाटर तयार गरिन्छ ।प्रशोधन गरिसकेपछि यो केवल पानी मात्र हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल