2026-10-25 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिन महिला भएको भए युद्ध हुँदैन थियो भन्ने जोन्सनलाई पुटिनले दिए ‘फल्कल्यान्ड’ को उदाहरण!

असार १७, काठमाडौँ | बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा आक्रमण नगर्ने बताएका थिए । बेलायती प्रधानमन्त्रीले युद्धलाई घातक पुरुषत्वको सबैभन्दा उपयुक्त उदाहरणको रूपमा वर्णन गरेका थिए ।

पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता Nepalpatra

जी–सेभेन शिखर सम्मेलनमा सहभागी हुन गएका बेलायती प्रधानमन्त्रीलाई जर्मन सञ्चारमाध्यमले रुसका राष्ट्रपति पुरुष भएकाले पनि द्वन्द्वका लागि जिम्मेवार छन् कि भनेर प्रश्न गरेका थिए । यसको जवाफमा बोरिस जोनसनले जेडीएफ प्रसारकलाई भनेका थिए, ‘यदि पुटिन महिला भएको भए मलाई लाग्दैन कि उनले यस्तो पागलपन गर्दथे । स्पष्ट रूपमा पुटिन महिला होइनन् । पुटिनको ‘माचो छवि’ ले युद्ध र हिंसामा मद्दत गर्छ । यदि तपाईं घातक पुरुषत्वको कुनै उदाहरण हेर्न चाहनुहुन्छ भने, यो युक्रेनमाथिको आक्रमण हो ।’

बेलायती प्रधानमन्त्रीको यो टिप्पणीको जवाफ दिँदै रुसी राष्ट्रपति पुटिनले बिहीबार भने, ‘जब बेलायतले फकल्याण्ड टापुमा सैन्य कारबाही गर्‍यो, त्यहाँ प्रधानमन्त्री मार्गरेट थ्याचर थिइन् । फकल्याण्डमा बेलायतको सैन्य कारबाही साम्राज्यवादको संकेत थियो । बेलायत अझै पनि औपनिवेशिक मानसिकताबाट बाहिर निस्कन सकेको छैन ।’

वास्तवमा, पुटिनले मार्गरेट थ्याचर महिला प्रधानमन्त्री भएको र फकल्यान्डमा सैन्य कारबाहीको आदेश उनैले दिएकी थिइन् भनेर भन्न खोजिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने