२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० हजार जनप्रतिनिधिलाई नैनसिंह महरले हुलाकमार्फत पठाए सन्देश

२०७९, १९ असार आईतवार ०५:२५

असार १९, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नागरिकको भरोसालाई कायम राख्दै सेवामैत्री स्थानीय सरकार निर्माण गर्न जनप्रतिनिधिहरू सफल हुने विश्वास व्यक्त गरेका छन्। महरले लोकतन्त्रको संस्थागत विकास, समाजवादउन्मुख समाज निर्माण र सामाजिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्ने जिम्मेवारी जनप्रतिनिधिलाई प्राप्त भएको बताए।

सबै पार्टीबाट निर्वाचित देशभरका १० हजार भन्दाबढी जनप्रतिनिधिलाई हुलाकमार्फत लिखित सन्देश पठाउँदै महरले पाँच वर्षसम्मका प्रत्येक दिन जनप्रतिनिधिका लागि महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।

'अब पाँच वर्षसम्मका हरेक दिन तपाईंका लागि महत्त्वपूर्ण हुनेछन्। प्रत्येक दिनको अधिकतम उपयोग गरेर नागरिकको भविष्य र आफ्ना अगाडिको राजनीतिक लक्ष्यका लागि एक इट्टा थप्न सक्नुहुनेछ भन्नेमा विश्वस्त छु',उनले भने।

नागरिकसँग जोडिएका मुद्दा तथा एजेन्डाहरू कार्यान्वयनका लागि आफूले अनवरत रुपमा आवाज उठाउँदै आएको बताउँदै महरले जनसरोकारका विषयमा आफू सधैँ जनप्रतिनिधिहरूसँगै रहने बताए।

निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी र यसको महत्वबारे आफू पनि जानकार रहेको उनले बताए। ‘म र सचिवालयको विज्ञ समूहले अध्ययन, अनुसन्धान र अनुभवको दौरानमा प्राप्त गरेका ज्ञान, सीप, विज्ञता र सांगठनिक सञ्जालले आवश्यकता अनुरुप यहाँहरूलाई थप मद्दत गर्न सके भने झनै गौरव महसुस गर्नेछु’, उनले भने।

उनी २०५४ सालको स्थानीय तह चुनावमा डडेल्धुराको तत्कालीन भागेश्वर गाउँ विकास समिति–९ वडासदस्यमा निर्वाचित भएका थिए।

विद्यार्थी राजनीतिकालदेखि नै शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, रोजगारी, कृषि र वातावरणलगायत राष्ट्रियतासहितका एजेन्डा उठाउँदै आएका महर कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भइसकेका उनले कांग्रेस महाधिवेशनमा १४ एजेन्डा सार्वजनिक गरेका थिए।

उनले सार्वभौमम मतदाताको अमूल्य मत प्राप्त गरी नागरिकको प्रत्यक्ष सेवा गर्ने मौका प्राप्त गरेकोमा जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्दै भनेका छन्, ‘प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी आफ्नो कार्यकाल अनुकरणीय बनाउनुहुनेछ भन्ने विश्वासका साथ तपाईंलाई सफल कार्यकालको हार्दिक शुभकामना।

महरको यो कदमलाई जनप्रतिनिधिहरूले पनि स्वागत गरिरहेका छन्। प्रमुख राजनीतिक दलहरूले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको समयमा सबै पार्टीका जनप्रतिनिधिलाई लिखित पत्र पठाएर आफ्नो जिम्मेवारीबारे झकझक्याउनु निकै सकरात्मक भएको छिन्नमस्त गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरी बताउँछन्।

उनले आफू लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध रहे पनि महरको पत्र पाउँदा निकै खुशी लागेको बताए। ‘राष्ट्रिय राजनीति विभाजित छ। अहिले एक अर्कालाई दोषारोपण गर्ने प्रवृति हाबी भएको छ। यस्तो बेला स्थानीय तह बेहाल अवस्थामा छन्उ’, उनले भने।

स्थानीय तहले जनताको घरदैलोमा रहेर काम गर्दा केन्द्रिय सरकार र नेताहरूको सहयोग आवश्यक पर्ने उनले बताए। त्यस्तो अवस्थामा सबै नेताहरूले दलगत राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा सघाउनुपर्ने र त्यसका लागि प्रतिवद्ध हुनुपर्ने उनी बताउँछन्। यस्तो अवस्थामा महरले समन्वयकारी भूमिका निर्वाह गर्ने वाचा र सम्पर्क नम्बरसहित पत्र पठाउँदा आफूलाई खुशी भएकाे बताए।

लक्ष्मी देवी पाण्डे हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन्। उनी पनि कांग्रेस केन्द्रीय सदस्य महरको पत्र पाउँदा खुसी छिन्। आफूले सहयोग गर्ने बाचासहितको पत्र पाउँदा केन्द्रमा कुनै काम गर्नुपर्‍यो भने महरसँगको समन्वयमा सहज हुने उनको विश्वास छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने