२०८३ असार २, मंगलबार | ०४:०६ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा भारतीय व्यापारीको अवैध कारोबार, ५० लाख ठगेर बेपत्ता

२०२२-०७-०३

असार १९, काठमाडौं | नेपालका कतिपय व्यक्ति भारतमा गएर व्यवसाय गर्छन भने भारतका व्यक्ति पनि नेपालमा आएर विभिन्न ठाउँमा व्यवसाय गरिरहेका छन् । व्यवसाय गरेर दैनिक जीवनयापन गर्नु राम्रो पक्ष हो । तर, कतिपय राम्रै व्यवसाय गरिरहेका देखिने व्यक्ति अवैध धन्दामा समेत संलग्न भएको पाइन्छ । उनीहरू मध्येका केही व्यक्ति आफ्नो देशमा आपराधिक कृयाकलाप गरेका भगौडाको सूचीमा  समेत  परेका छन् ।

प्रहरी जवान २३ दिनदेखि बेपत्ता

बैतडीमा १५ वर्ष बसेर विभिन्न व्यवसाय गरेका एक भारतीय व्यापारी गुल्फाम ५० लाखभन्दा बढी रकम ठगेर एक वर्षदेखि फरार छन् । भारतमा रुई कम्पनी लिलाम भइरहेको र आफूले किन्ने भन्दै चार वर्षअघि बैतडी व्यक्तिहरूबाट ५० लाख ऋण निकालेर लगेका उनले कसैलाई पैसा फिर्ता दिएका छैनन् । 

गुल्फामले बैतडीमा सैलुन, श्रृंगार, खेलौना, सिरक र मोबाइल पसल सञ्चालन गरेको थिए । गुल्फामले एकै जनाबाट १९ लाख रकमसम्म लिएका छन् । आफ्नो पाँच लाख रकम ठगेको युनिक सिलाई सेन्टर गोठलापानीका सञ्चालक दिनेश सिनालले बताए ।पाँच लाखको आफूले बैंकलाई करिब चार लाख व्याज मात्र तिरिसकेको, तर आफ्नो पैसा उठ्ने अत्तोपत्तो नभएको सिनाल बताउँछन् । 

बैतडीमा रहँदासमेत गुल्फामले जुवा तास खेल्ने र खेलाउने गरेका थिए । उनले बैतडीकै युवतीसँग विवाह गरे । अहिले दुवैजना फरार छन् । यस विषयमा प्रहरीमा भने मौखिक जानकारी मात्र आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए । 

हालै दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारस्थित राम मन्दिरको प्रतिक्षालयमा भारतको पिलिभितका सगीर अहमतले कपडा पसल थापेका छन् । गत हप्ता थापिएको उक्त पसल कतै पनि दर्ता गरिएको छैन भने दर्ताको प्रक्रियामा पनि छैन । तर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्दलाई सोधेर पसल थापेको व्यापारी बताउँछन् । 

केही दिनअघि कैलालीको गोदावरीमा गाडीमा लिफ्ट मागेका भारतीयहरूले चालकलाई नै बाँधेर भिरबाट फालेको घटना सार्वजनिक भएको थियो । भारतीयले बैतडीका व्यवसायीहरूको ५० लाख रकम ठगेर फरार हुनु सामान्य घटना नभएको स्थानीय व्यापारी खिमानन्द भट्टले बताए । भारतीय व्यापारीहरू प्रतिबन्धित ड्रग्सको कारोबारमा समेत संलग्न हुने गरेका पाटनका स्थानीय चमन भण्डारीले बताए । 

आफ्नो नगरपालिका भित्र व्यवसाय सञ्चालन गरेकाहरूलाई करको दायरामा ल्याइने पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले बताए ।जिल्लाको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले पनि आफ्नो पालिकाभित्र कारोबार गर्ने भारतीय व्यापारीहरूका विषयमा उचित निर्णय गर्ने बताए । 

भारतीय व्यापारीहरू सिरकको रुई भित्र लुकाएर ड्रग्सको सप्लाई गर्ने गरेको स्थानियवासी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते