२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखामा ठोक्किए २ यात्रुवाहक बस, २१ जना घाइते

२०७९, १९ असार आईतवार ०८:३५

असार १९, काठमाडौँ | दोलखामा आइतवार दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । 

चरिकोटबाट काठमाडौं जाँदै गरेको र काठमाडौंबाट चरिकोट जाँदै गरेको बस साढे १२ बजे भीमेश्वर नगरपालिकाको बोझघण्टी भन्ने ठाउँमा ठोक्किएका हुन् । 


घाइतेमध्ये काठमाडौंबाट चरिकोट जाँदै गरेको बसका चालक गम्भीर रहेको दोलखा प्रहरीले जनाएको छ । बा ३ ख ७४६३ नम्बरको यात्रुवाहक बस काठमाडौं जाँदै थियो भने प्रदेश ३, ००५ ख ९६९७ नम्बरको बस चरिकोटतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । 

दोखला प्रहरी प्रमुख डीएसपी गंगा पौडेलले हुस्सुका कारण दुईवटा गाडी ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला