२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

२०७९, २० असार सोमबार ०९:३८

असार २०, काठमाडौं | नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज (सोमबार(देखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस)अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो ।


आन्तरिकतर्फका हवाई कम्पनीले गत १४ गतेदेखि मोफसलका विमानस्थलमा रात्रि विश्राम गरेर पहिलो उडान सुरु गरिसकेका छन् । आन्तरिकतर्फका १७ वटा विमान (फिक्स विङ्ग)ले रात्रिकालीन बेसअनुरूप उडान सुरु गरेको एक सातापछि हेलिकोप्टर कम्पनीले समेत सोही नियमअनुसार सोमबारदेखि तोकिएकै बेसबाट पहिलो उडान सुरु गर्ने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबारदेखि ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टरमध्ये १४ वटा हेलिकोप्टरले रात्रि विश्रामका लागि काठमाडौँबाहिर जानुपर्ने भएको छ ।  २४ वटा हेलिकोप्टरले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात्रि विश्रामको सुविधा पाउने उनले बताए ।

उनले भने, “हेलिकोप्टरको रात्रि विश्राम जहाजको जस्तो तोकिएकै विमानस्थलमा नहुन सक्छ । हेलिकोप्टरले सिजन र व्यवसायअनुसार उडान भर्नुपर्ने भएकाले सबै कम्पनीका गरेर काठमाडौँमा २४ र काठमाडौँबाहिर १४ वटा हेलिकोप्टर कम्पनीले रात्रि विश्राम गर्नुपर्ने नियम लागू गरिएको छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा