असार २०, नयाँ दिल्ली | भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।
मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन् । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।