२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन उत्पीडनको आरोपपछि भारतीय महिला टिमका प्रशिक्षक पदमुक्त

२०७९, २१ असार मंगलवार ०९:०५

असार २१, काठमाडौँ | भारतीय यु-१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसमाथि यौन उत्पीडनको आरोप लागेपछि उनलाई पदबाट हटाइएको छ । 

सुप्रीम कोर्टद्वारा नियुक्त प्रशासक समिति (सीओए) का सदस्य एसवाई कुरैशीले प्रशिक्षकले यौन उत्पीडन गरेको पुष्टि गरेका छन् । कुरैशीले ट्विट गरेका छन्, ‘यु-१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसलाई यौन उत्पीडन आरोपमा बर्खास्त गरिएको छ । आगामी कारबाही प्रक्रियामा छ ।’


यसअघि नै सीओएले ३० जुनमै प्रशिक्षक एलेक्स एम्ब्रोसको पदबाट हटाउन संकेत दिएको थियो । तर, प्रशिक्षकको नाम भने खुलाइएको थिएन । सीओएले बताएको थियो, ‘यु-१७ महिला टिममा दुर्व्यवहार भएको जानकारी आएको छ । टिम अहिले युरोप भ्रमणमा छ । अनुशासनको मामिलामा इन्डियन फुटबल शून्य सहिष्णुताको नीति राख्छ । प्रारम्भिक कारबाहीको रूपमा इन्डियन फुटबलले सम्बन्धित व्यक्तिलाई थप अनुसन्धानका लागि अस्थायी रूपमा निलम्बन गरेको छ ।’

यसअघि भारतीय खेलकुदमा यौन उत्पीडनको केस बाहिरिएको थियो । एक महिला साइकल खेलाडीले स्लोभेनिया भ्रमणमा प्रशिक्षकले अनुचित वार्तालाप गरेको आरोप लगाएकी थिइन् । यससँगै प्रशिक्षलाई पदबाट बर्खास्त गरिएको थियो । हाल उनको अनुसन्धान चलिरहेको छ । यस्तै, अर्की खेलाडीले समेत विदेश भ्रमणमा आफूलाई प्रशिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । 

भारतीय टोली हाल युरोपमा आफ्नो अभ्यासका लागि रहेको छ । भारतले यसै वर्ष ११ मे देखि ३० अक्टोबरसम्म भुवनेश्वरी, गोवा र नावी मुम्बईमा यु-१७ महिला विश्वकप आयोजना गर्दैछ । जहाँ १६ देशको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै