2026-07-01 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी मिसाइल हमलामा ब्राजिलकी मोडलको मृत्यु

असार २२, किभ | एजेन्सी | एक ब्राजिलियन मोडल तथा स्नाइपर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा मारिएकी छिन् । ३९ वर्षीय थालितो डो भालेले विश्वभर मानवीय अभियानमा भाग लिइन् । यसअघि इराकमा आइएसआईएस विरुद्ध लडेकी थिइन् । 


गत साता उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि उनको मृत्यु भएको थियो । खार्किभमा रुसले तीब्र मिसाइल प्रहार गरेको थियो ।

आक्रमणमा ब्राजिलका पूर्वसेनाको  डगलस बुरिगोको पनि मृत्यु भएको छ । ४० वर्षीय बुरिगो  थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा परेका थिए ।


अन्य लडाकुहरूका अनुसार मिसाइल प्रहार हुँदा उनी मात्रै बंकरमा छुटेकी थिइन् । आइएसआईएससँग लडेको युद्धको अनुभूवसहितको एउटा भिडियो उनले युट्युब राखेकी थिइन् । 

उक्त भिडियोलाई हजारौँले हेरेका थिए । युवावस्थामा मोडेल र अभिनेत्रीको रूपमा काम गरेपछि उनले कानूनको अध्ययन गरेकी थिइन् । उनी  एनजीओहरूसँग पशु उद्धारमा पनि भाग लिएकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ