५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै अटो रिक्सामा २७ यात्रु !

२९ असार २०७९, बुधबार ०५:०४

असार २९, नयाँ दिल्ली | एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक–टुक (अटो–रिक्सा) रोक्दा त्यसभित्र २७ जनालाई फेला पारेको थियो । सानो अटो रिक्साभित्र  त्यति ठूलो संख्यामा मानिसहरु देखेर प्रहरी छक्क परेका थिए । 

अटोरिक्साबाट बालबालिका र बृद्धबृद्धासहित २७ जना ओर्लेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा प्रत्येक यात्रुलाई गाडीबाट बाहिर निस्किँदा गणना गरिरहेको देख्न सकिन्छ । सामान्यतया अटोरिक्सामा तीन जना मानिस अट्छन् । तर, केहीलाई ६ जनासम्म यात्रु अट्ने गरी मोडिफाई गरिएको हुन्छ । भीडभाड भएको गाडीको घटना भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशको फतेहपुर शहरको हो । मिडिया रिपोर्टअनुसार प्रहरीले अटोरिक्सालाई धेरै तीव्र गतिमा चलेको भन्दै रोक्न खोज्दा चालकले तीव्र गतिमा भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले पछ्याएर जबरजस्ती रोक्न लगाएको थियो ।

‘रिक्साभित्र दुई दर्जनभन्दा बढी यात्रुहरू देखेर प्रहरी छक्क परेको थियो’फतेहपुरका प्रहरी उपरीक्षक राजेश कुमारले भारतीय समाचार माध्यम टाइम्स अफ इन्डियालाई भने ।

तीब्र गतिमा चलाएको र ओभरलोड गरेको अभियोगमा प्रहरीले अटोरिक्सा नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा हजारौँ पटक हेरिएको छ ।  धेरै ट्विटर प्रयोगकर्ताहरूले हास्यास्पद प्रतिकृया दिएका छन् । कतिपयले यो घटना ‘विश्व रेकर्ड’ का लागि योग्य बताएका छन् भने अरूले यसलाई भारतमा अपर्याप्त सवारी साधनको परिणामको रूपमा लिएका छन् ।

अटोरिक्सा भारतमा यातायातको लोकप्रिय माध्यम हो । सर्वव्यापी भए पनि तिनीहरू महँगो छन् र बसले भन्दा धेरै गुणा बढी भाडा लिएका छन् । केही वर्षअघि भारतका लागि मेक्सिकोका राजदूत दिल्लीमा यात्रा गर्दा कारको सट्टा अटो रिक्सा प्रयोग गरेपछि चर्चामा आएका थिए । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता