2026-10-25 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीमा सफलतापूर्वक प्रत्यारोपण

असार २९, न्युयोर्क | अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना  ब्रेन  डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक कदम हो ।

यस सफल प्रत्यारोपणसँगै मानव अंगहरूको अभावलाई सम्बोधन गर्न सुँगुरका अंग प्रयोग गर्ने दीर्घकालीन लक्ष्यको एक कदमनजिक पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् । शल्यक्रियापछिका दिनमा मुटुले सामान्य काम गरेको चिकित्सकहरूले बताएका छन् ।जुन र जुलाईमा तीन दिनको प्रयोगमा अस्वीकारको कुनै संकेत नदेखिएको उनीहरूले बताएका छन् ।

यही मार्चमा एक ६७ वर्षीय पुरुषको हृदय रोगका कारण मृत्यु भएका थियो । मृत्यु हुनु दुई महिनाअघि उनले आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्राप्त गर्ने पहिलो व्यक्तिको रूपमा इतिहास बनाएका थिए । उनको मेरील्याण्ड विश्वविद्यालयमा शल्यक्रियामार्फत सुँगुरको मुटु प्रत्यारोपण भएको थियो । उनका नयाँ मुटुले काम नगर्नुको कारण अहिले पनि प्रष्ट हुन सकेको छैन् । 

एनवाईयू लेंगोन इन्स्टिच्युटका मुटु प्रत्यारोपण सर्जिकल निर्देशक नादेर मोआजामीले प्रक्रियाको निरीक्षण गरेका छन् । इन्स्टिच्युटले भविष्यमा अंगहरूको प्रयोग गरेर क्लिनिकल परीक्षणसहित अगाडि बढ्ने आशा राखेको उनले बताए । 

एक विज्ञप्तिमा उनले भनेका छन्, ‘ मुटुको कार्य उत्कृष्ट थियो भनी बताउन पाउँदा मलाई खुसी लागेको छ ।  हामीले प्रत्यारोपणको समयमा केही प्राविधिक शल्य चिकित्सा परिमार्जन गर्नुपर्‍यो । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने