2026-09-08 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रित्तिदै कोलम्बोका सुपर मार्केट

असार ३२, कोलम्बो | श्रीलंकामा राजनीतिक र आर्थिक संकट चर्किदै गएपछि राजधानी कोलम्बोका सुपरमार्केटहरूमा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरू सकिन थालेका छन् ।

संकटग्रस्त टापु राष्ट्रमा, मानिसहरू खाना पकाउने ग्यास, मट्टितेल, पेट्रोल, चिनी, दुध पाउडर, र औषधिजस्ता अत्यावश्यक सामग्रीका लागि घन्टौँसम्म लाइनमा  बस्न बाध्य छन् । 

राष्ट्रसंघीय निकायहरूका अनुसार लगभग २ दशमलब ३ मिलियन बालबालिका सहित ५ दशमलब ७ मिलियन श्रीलंकालीहरूलाई अहिले तत्काल मानवीय सहायताको आवश्यकता छ ।

चाइना सेन्ट्रल टेलिभिजन (सीसीटी)का अनुसार कोलम्बोका सुपरमार्केटका धेरै तख्ता आधा खाली छन् । दैनिक उपभोग्य वस्तुहरू विशेष गरी अण्डा र रोटीको अभाव छ । 

‘खाद्य पदार्थको मूल्य धेरै उच्च छ । मार्चपछि मूल्य वृद्धि धेरै उच्च छ । सामान्य खाद्यको मूल्य पनि आकाशिएको छ । इन्धनको मूल्य बढेसँगै खाद्यान्नको मूल्य बढ्यो । त्यसयता ढुवानी गरिएका सामग्रीको मूल्य एकदमै उच्च भयो’, स्थानीयवासी श्री नुवानले भने । इन्धन अभावले देशको सम्पूर्ण यातायात क्षेत्र प्रभावित छ ।

तीब्र आर्थिक संकटबीच जारी पदर्शनपछि बुधबार भागेर माले पुगेका गोटाबाय राजापाक्षे बिहीबार सिसंगापुर पुगेका छन् । उनको राजीनामा सभामुखले स्वीकृत गरेका छन् भने प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक राष्ट्रपति बनेका छन् । 

प्रदर्शनकारीले प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै