साउन २, एजेन्सी | भारतको मध्य प्रदेशमा सोमबार बिहान बस दुर्घटना भएको छ ।
५५ यात्रु बोकेको बस खरगोन र धार जिल्लाको सिमानामा पर्ने नर्मदा नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने १५ जनालाई जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ।
यो बस इन्दौरबाट महाराष्ट्रको पुणे जाँदै थियो। नदीबाट १२ जनाको शव निकालिएको र १५ जनाको जिवितै उद्दार गरिएको एसपीले जानकारी दिएका छन्।
पुलको रेलिङ भाँचिदा बस ढुंगामा बजारिदै नदीमा खसेको उद्दारमा खटिएकाहरुले बताएका छन्।
दुर्घटनाग्रस्त बसका पार्टपुर्जा छरपस्ट भएको र केही यात्रु पौडी खेलेर ज्यान बचाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
घटनास्थलमा उद्धारकर्मीले बेपत्ताहरुको खोजी गरिरहेका छन्। मध्य प्रदेशको मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनामाथि दुःख व्यक्त गर्दै ट्वीट गरेका छन् ।
खरगोन के खलघाट में बस के खाई में गिरने से हुई दुर्घटना का दुखद समाचार प्राप्त हुआ।
ईश्वर से दिवंगत आत्माओं को अपने श्रीचरणों में स्थान और परिजनों को यह गहन दु:ख सहन करने की शक्ति देने तथा घायलों के शीघ्र स्वस्थ होने की प्रार्थना करता हूं।