चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने प"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

दुई स्थानबाट ‘युरेनियम’ जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ

२०७९, ४ श्रावण बुधबार ११:५४

साउन ४, मोरङ्ग | युरेनियम जस्तो देखिने पदार्थसहित प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९  स्थित ट्राफिक चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो । 

यस्तै विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले होटलबाट ८ जना र दुध फारामबाट ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनपालथानको शिव शंकर पासवान, प्रदीप पुरी, लक्ष्मण शर्मा, मुकेश कुमार साह,  कटहरीको दिलिप कुमार शर्मा,  विराटनगरको फटिक कुमार कार्की, सोलुखुम्बुको गोपाल मगर, खोटाङको किरन राई रहेका छन् । 

यस्तै फारामबाट पक्राउ परेकामा गोरखाको जीवन गुरुङ, महोत्तरीको अब्दुल गनी खान, मोरङको रबिन्द्र गच्छेदार, चन्दन कुमार महतो, मकवानपुरको दिपक बहादुर भ्लोन, महोत्तरीको उमेश प्रसाद यादव र सिन्धुलीको श्याम घिमिरे रहेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने