साउन १०, एजेन्सी | भारतीय कंग्रेसका नेता राहुल गान्धीसहित ५० संसदलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष सोनिया गान्धीसँग ईडीको दोस्रो दिनको सोधपुछ करिब साढे दुई घण्टा चल्यो। सोही क्रममा राहुल गान्धी पार्टीका सांसदहरूसँग सोधपुछको विरोधमा विजय चोक नजिक धर्नामा बसेका थिए, त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुल गान्धीलाई गिरफ्तार गरेको थियो ।
नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया गान्धी ED जाँदैछिन् ।