२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुखको ताइवान भ्रमण पछि चीनले खोज्यो नेपालको साथ, भन्यो– नेपालले चीनको अडानलाई बुझेर समर्थन गर्नेछ

२०७९, १८ श्रावण बुधबार ११:३३

साउन १८, काठमाडौं | चीनको चेतावनीका बाबजुद अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले नेपालको समर्थन खोजेको छ ।

 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी सभामुखको उक्त कदमको नेपालले विरोध गर्ने विश्वास व्यक्त गरेकी छन् । 

‘एक चीन नीतिको पक्ष र स्वतन्त्र ताइवान पक्षधरको विरुद्धमा नेपालले लामो समयदेखि लिंदै आएको प्रतिवद्धताको चीनले उच्च प्रशंसा गर्दछ । यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो,’ राजदूत यान्छीले भनेकी छन्, ‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र नेपाली जनताले एक चीन नीतिको पालना गरिरहनेछन्, चीनको वैध र जायज अडानलाई बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’ 

राजदूत यान्छीले नेपाल र चीन असल छिमेकी, भरपर्दो साथी र साझेदार भएको बताएकी छन् । दुवै देशले सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मुद्दामा एकअर्कालाई बुझेको र समर्थन गर्दै आएको पनि उनले जनाएकी छन् । 

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी मंगलबार ताइवान आएकी थिइन् । उनको भ्रमणलाई लिएर चीनले कडा शब्दमा विरोध जनाएको छ । यसबैबीच राजदूत यान्छीले पेलोसीको ताइवान भ्रमण एक चीन नीति र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लङ्घन भएको बताएकी हुन् । 

पेलोसीको भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लङ्घन गरेको दाबी उनले गरेकी छन् । 

राजदूत यान्छीले विश्वमा एउटै मात्र चीन रहेको र ताइवान चीनको भूभागको अविभाज्य भाग भएको बताएकी छन् । यसलाई सन् १९७१ को संयुक्त राष्ट्र संघको महासभाको प्रस्ताव २७५८ ले स्पष्ट रूपमा मान्यता दिएको समेत उनले जनाएकी छन् । 

‘सभामुख पेलोसी अमेरिकी कांग्रेसको वर्तमान नेता भएकोले, उनको भ्रमण र ताइवान गतिविधिहरू जुनसुकै रूपमा र जुनसुकै कारणले गरिएको भएपनि यो राजनीतिक उत्तेजना मात्र हो । चीनले यसलाई पूर्ण रूपमा स्वीकार गर्दैन र चिनियाँ जनताले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्,’ राजदूत यान्छीले भनेकी छन् । 

चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न १.४ अर्ब चिनियाँ जनताको दृढ प्रतिबद्धता रहेको उनले जनाएकी छन् । मातृभूमिको पूर्ण एकीकरणलाई साकार पार्नु सबै चिनियाँ जनताको साझा आकांक्षा र पवित्र जिम्मेवारी रहेको दाबी उनको छ ।

‘अमेरिकी सभामुखको भ्रमणको प्रतिक्रियास्वरूप चीनले निश्चित रूपमा आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्नेछ । यसबाट उत्पन्न हुने सबै नतिजाहरू अमेरिकी पक्ष र ‘स्वतन्त्र ताइवान’ पृथकतावादी शक्तिहरूले वहन गर्नुपर्छ,’ राजदूत यान्छीले भनेकी छन् । 

उनले ताइवान प्रश्न विशुद्ध रूपमा चीनको आन्तरिक मामिला रहेको बताएकी छन् । उनले अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेकी छन् । अमेरिकाले कुनै पनि रूपमा ‘स्वतन्त्र ताइवान’ पृथकतावादी शक्तिहरूलाई समर्थन र सहयोग गर्न बन्द गर्नुपर्ने उनले बताएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो