२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवान वरपरका समुद्रमा चीनकाे सैन्य अभ्यास

२०७९, १९ श्रावण बिहीबार ०५:३२

साउन १९, ताइपेय | शीर्ष अमेरिकी राजनीतिज्ञ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा ठूलो सैन्य अभ्यासको तयारी गरिरहेको छ । चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको ताइवानले बताएको छ । 

Chinese military intensifies drills around Taiwan amid speculation of  blockade after Pelosi's visit – OrissaPOST

पेलोसीले मंगलबार ताइवानको छोटो भ्रमण गरेकी थिइन, जसलाई लिएर ताइपेय बेइजिङसँग क्रुद्ध बनेको छ । ताइवानलाई चीनले आफूबाट छुट्टिएको अभिन्न अंशको रूपमा हेर्दै आएको छ । 

ताइवान वरपर हुन लागेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो भएको बताइएको छ । चीनले ताइवानसँगको केही व्यापारमा पनि प्रतिबन्ध लगाएको छ । सैन्य अभ्यास व्यस्त जलमार्गहरूमा हुनेछ । 

ताइवानले यो अभ्यासलाई समुद्री र हवाई नाकाबन्दी मानेको छ । उसले जहाजहरूलाई विभिन्न मार्गहरू अप्नाउन आग्रह गरेको छ । उसले वैकल्पिक उड्डयन मार्ग खोज्न जापान र फिलिपिन्ससँग वार्ता गरिरहेको छ ।

हालैका दिनहरूमा धेरै मन्त्रालयहरूले साइबर आक्रमणको सामना गरेका ताइवान सरकारले जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सैन्य अभ्यास गैरजिम्मेवारपूर्ण भएको र तिनीहरू नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ