५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेटियो यस्तो अचम्मको जीव, वैज्ञानिकसमेत चकित

२० श्रावण २०७९, शुक्रबार १०:०२

साउन २०, काठमाडौँ | एजेन्सी | प्रशान्त महासागरमा वैज्ञानिकले एउटा यस्तो विचित्र जीव भेटेका छन् जुन आजसम्म देखिएको थिएन । यो दुर्लभ जीवको शरीर करिब ९ फिटको छ । जसको एकातिरको पुच्छर लामो छ अर्कोतर्फ धेरै सुँड अर्थात् टेन्टेकल्सको झुण्ड छ । यो कुनै समुद्री जीवको नयाँ प्रजाति त होइन भनेर वैज्ञानिक अचम्मित छन् ।


यो चकित तुल्याउने जीवलाई …..E/V Nautilus नामको रिमोटबाट चल्ने समुद्री यानले भेटेको थियो । उनीहरुले उक्त जीवको भिडियो पनि बनायो । यो समुद्री यानलाई गहिरो समुद्रमा अनुसन्धान गर्ने गैर–सरकारी संस्था ओशन एक्सप्लोरेशन ट्रस्टले चलाउँछ । समुद्री यानको स्क्रिनमा यो जीव देखिने बित्तिकै वैज्ञानिक हैरान भए । उनीहरुले यानलाई यो जीवको निकै नजिक लगे । त्यसपछि क्यामरालाई जुम गरेर यसको अङ्गको फोटो पनि खिचे । भिडियो पनि बनाए ।


यो जीवको लम्बाई करिब ९ फिट छ । जबकी यसको सुँड करिब १६ इन्च लामो थियो । सुँड यसरी निस्किएको थियो कि जस्तै कि ती कुनै नरम गोलाकार हिस्साको माथिबाट काटिएको होस् । उनीहरु यही सुँडबाट तैरिन्थे । खाइरहेका थिए । चारैतिर यसलाई हल्लाएर शिकार खोजिरहेका थिए । यो जीवलाई यसै महिना (जुलाई) को ७ तारिखमा भेटिएको थियो । जहाँ यो जीव भेटिएको छ, त्यो स्थान हवाई द्वीपको पश्चिमस्थित जोन्सट्न एटल नजिकै छ ।

वैज्ञानिकलाई सुरुमा लाग्यो कि यो सोलमबेलुला मोनोसिफेलस हो । यसलाई सोलमबेलुला समुद्री पेन पनि भनिन्छ । यसै फाइलममा जेलिफिस, हाइड्रा र कोरल पनि पर्छन् । यसअघि समुद्री पेनलाई अटलान्टिक र हिन्द महासागरमा देखिएको छ । यो परियोजनाका प्रमुख खोजकर्ता स्टिभ अस्काभिचले यो खोज अचम्मको बताएका छन् ।

स्टिव असकाविचले भने, ‘हामीलाई सुरुमा लाग्यो कि यो समुद्री पेन हो । तर हामी पूर्ण रुपमा निश्चित भने छैनौँ । हामीले एउटा जीव देखेका थियौँ तर त्यसलाई क्याप्चर भने गर्न पाएनौँ । यो जीव हाम्रो समुद्री यानभन्दा पनि ठूलो थियो । हाल त हामी यसलाई समुद्री पेन नै मानिरहेका छौँ । यसको आकारले लाग्छ कि यो निकै प्राचीन जीव हो, जो यति गहिराईमा बस्छन् । यद्यपि, यसको सही उमेरबारे अन्दाज लगाउन मुश्किल छ । साधारणतया समुद्री पेन ६ देखि ६ वर्षको उमेरसम्म वयस्क हुने गर्छ । बढीमा यो एक दशकसम्म जिउँदो रहन सक्छ, यदि यसको शिकार भएन भने ।’

स्टिवले बताए अनुसार सोलमबेलुला मोनोसिफेलसलाई यसअघि प्रशान्त महासागरको मध्य इलाकामा देखिएको थिएन । केही महिना अघि मात्रै स्पोनका वैज्ञानिकले समुद्री पेनका दुई प्रजातिको खोजी गरेका थिए । स्यूडमबेलुला र सोलमबेलुला । यो नयाँ जीव सोलमबेलुला मोनोसिफेलस प्रजातिको हो कि या यो अरु कुनै जीव हो भन्नेबारे निश्चित गर्न बाँकी नै छ । यसका लागि अनुसन्धान गरिँदै छ । यो कुनै नयाँ प्रजाति पनि हुन सक्ला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता