2026-09-08 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शक्तिशाली राष्ट्र अष्ट्रेलिया-जापान-अमेरिकाले किन दिए चीनलाई धम्की ?

एजेन्सी | केही दिनयता चीन र ताइवानबीच तनाव जारी छ । चीनले ताइवानलाई चारैतिरबाट घेरेको छ । यसको लक्ष्यमा ६ महत्त्वपूर्ण पोर्टहरू छन्। चीनले लाइभ फायर ड्रिलको नाममा ताइवानलाई निरन्तर धम्की दिइरहेको छ।

यसैबीच विश्वका तीन शक्तिशाली राष्ट्रले एकताबद्ध भएर चीनलाई चेतावनी दिएका छन् । अष्ट्रेलिया-जापान-अमेरिका रणनीतिक वार्ताका क्रममा चीनले कडा स्वरमा चीनले आफ्नो सैन्य अभ्यास तुरुन्त बन्द गर्नुपर्ने बताइएको थियो।

यस महत्वपूर्ण भेटघाटमा उनीहरूले ताइवानमा शान्ति र स्थायित्व कायम राख्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। तीन देशले जनवादी गणतन्त्र चीन (पीआरसी) को हालैका कार्यहरूप्रति चिन्ता व्यक्त गरे। यस्तो कार्यले अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमा गम्भीर असर पार्ने पनि बताए ।

साथै चीनको प्रत्यक्ष फायर ड्रिलको निन्दा गरेका छन्। चीनको यो कारबाहीका कारण तनाव बढेको तीन देशको तर्फबाट भनिएको थियो । चीनले प्रहार गरेको ब्यालेस्टिक मिसाइल जापानको भूभागमा खसेको जापानले जनाएको छ ।

अमेरिका–अष्ट्रेलिया र जापानका विदेशमन्त्री र सचिवबीच रणनीतिक वार्ता भएको छ । यसमा तीनै देशले आफ्नो त्रिपक्षीय साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यससँगै इन्डो–प्यासिफिक क्षेत्रलाई बलियो बनाउन अमेरिकालाई स्वीकृति दिइएको छ ।

रणनीतिक वार्ताका क्रममा राज्यको कानून, मानवअधिकार, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता नै विवादको शान्तिपूर्ण समाधान हुने बताइएको थियो । यससँगै तीन देशका सचिव र परराष्ट्रमन्त्रीले आसियानलाई सहयोग गर्ने आफ्नो संकल्प दोहोर्‍याएका छन्।

बैठकमा अमेरिका, अष्ट्रेलिया र जापानले चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका थिए । यससँगै तीन देशले ताइवानमा तनाव कम गर्न आसियानको वक्तव्यको प्रशंसा गरेका छन्।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन अझै आक्रोशित छ। चीनले आक्रोशमा आफ्नो सम्पूर्ण शक्ति ताइवानको वरिपरि लगाएको छ । ११ वटा ब्यालेस्टिक मिसाइल प्रहार गर्दा ५ वटा जापानको भूभागमा खसे । यति मात्र होइन, जापानको सिमानाबाट करिब १०० माइल टाढा पानीमुनिबाट क्षेप्यास्त्र प्रहार गरिएको छ ।

प्रश्न छ, चीनले जापानलाई ताइवान मामिलामा किन चिढ्याउँदैछ ? वास्तवमा, यो गल्ती होइन तर चीनले जानाजानी गरेको कदम हो। किनकी जुन बेला चीनले यो आक्रमण गरिरहेको थियो, त्यो बेला अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी जापानमा थिइन् । जहाँ उनी ताइवानको कुरा गरिरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित